चट्याङ्ग लागेर दुई जनाको मृत्यु, नौ घाइते

दाङ, असार २१ ।गएराती दाङमा चट्याङ्ग लागेर दुई जना बालकको मृत्यु भएको छ । सोही घटनामा नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ऐरावती गाउँपालिका-६ बिजुलीकोटका  १२ वर्षीय पुरन परियार र ७ वर्षीय बालक रोमन  परियार रहेको जिल्ला  प्रहरी कार्यालय प्युठानले जनाएको  छ  ।

त्यस वडामा पाँच जना घाइते भएको डीएसपी सत्यनारायण थापाले बताए । उनका अनुसार सोही  पालिकाको वडा नम्बर-१  दाङ्बाङ्गमा  चार जना घाइते भएका छन् । उनीहरुलाई  अस्पताल  ल्याइँदै गरेको डीएसपी थापाले जानकारी  दिए  ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here