लागुऔषधसहित चार जना पक्राउ

बागलुङ, २० असार । जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बसमा लागू औषधको ओसारपसार भएको विशेष सुराकिको आधारमा सोमबार दिउँसो एक बजेको सयमा बागलुङ नगरपालिका–३ चिप्लेँटी बसपार्कमा पार्किङ गरि राखेको लु २ ख ५३१६ नम्वरको बसबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको जनाएको छ ।

फेनार्गन ९०५ एम्पुल, डाईजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित पाल्पाको मदनपोखारा–७ का ४५ बर्षिय कृष्ण प्रसाद पुरी, गुल्मी जिल्ला मुसिकोट नगरपालिका–५ का ३८ बर्षिय सुरथ बहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ बर्षिय लोकबहादुर थापा र दाङ जिल्लाको लमाही नगरपालिका–६ का २५ बर्षिय रोशन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो ।

सुराकीको आधारमा प्रहरीले उक्त बसलाई बुर्तिबाङ प्रबेश गरेदेखिनै पछि लागेको थियो । पार्किङमा रहेको बसमा लागुऔषध बरामद भएपछि उनीहरुलाई सुराकीकै आधारमा पक्राउ गरिएको हो । पछिल्लो समय बागलुङको बाटो भएर लागुऔषधको कारोवार गर्नेहरु बढेको सूचना प्रहरीले पाएको थियो । बरामद भएको लागुऔषध सुरक्षित राखिएको र आरोप लागेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको रानाले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here