अन्तर्राष्ट्रिय सहकारी दिवसमा बागलुङ कारागारका बन्दीहरुलाई खेलकूद सामग्री वितरण

बागलुङ, १८ असार । १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले जिल्ला कारागार कार्यालय बागलुङका कैदीबन्दीहरुका लागि खेलकूद सामग्री र महिलाहरुका लागि प्याड सहयोग गरेको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आदर्श सञ्चार सहकारी संस्था, गुहेली सञ्चार सहकारी संस्था, कालिका महिला विकास सहकारी संस्था, महिला हित वचत तथा ऋण सहकारी संस्था र सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थासंगको सहकार्यमा सामग्री हस्तान्तरण गरेको हो ।

कैदीबन्दीहरुका लागि भलिबल, नेट, क्यारम बोर्ड लगायत खेलकूद सामग्री र महिला बन्दीहरुका लागि प्याड सहयोग गरिएको संघले जनाएको छ ।

कारागार कार्यालयका प्रमुख दिलबहादुर केसीलाई जिल्ला सहकारी संघका उपाध्यक्ष पिंगला खड्का जिसी, सल्लाहकार रामबहादुर जिसी र दिपक गौतमले खेलकूद सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संघका सल्लाहकार रामबहादुर जिसी, संघका सल्लाहकार दिपक गौतम, कारागार कार्यालयका प्रमुख दिलबहादुर केसीले सहकारीको अन्तर्राष्ट्रिय दिवस र अभियानका तर्फबाट भएका कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका उपाध्यक्ष पिंगला खड्का जिसीको अध्यक्षता, सञ्चालक खिमबहादुर कार्कीको स्वागत र सञ्चालक जगन्नाथ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

बागलुङ कारागारमा १ सय ७३ जना पुरुष र १० जना महिला बन्दीहरु रहेका छन् । महिला बन्दीगृहमा ३ जना बालबालिका रहेको कारागार प्रमुख केसीले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here