बागलुङमा दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङ, १६ असार । बागलुङमा बिहिबारदेखि जिल्ला स्तरीय दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन कबड्डी, छात्रा भलिबल, लङजम्प, हाईजम्प, त्रिपलजम्प, सटफुट, १ सय, ४ सय, ८ सय र १५ सय मिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । कबड्डी छात्र तर्फ बडिगाड गाउँपालिका प्रथम, बागलुङ नगरपालिका द्धितिय र काठेखोला गाउँपालिका तृतीय भएका छन् । यस्तै छात्रा तर्फ बागलुङ नगरपालिका मात्र उपस्थित भएपछि सोझै छनोट भएको छ । यस्तै छात्रा भलिबलको खेल सम्पन्न भएको छ । छात्रा भलिबलमा गलकोट नगरपालिका प्रथम, काठेखोला गाउँपालिका द्धितिय र बागलुङ नगरपालिका तृतीय भएका छन् ।

यस्तै बिहिबार नै भएको १ सय मिटर दौडमा छात्रा तर्फ बागलुङ नगरपालिकाकी टिका बस्याल प्रथम, गलकोट नगरपालिकाका दिलु गन्र्धव द्धितिय र काठेखोला गाउँपालिकाका सुस्मिता बस्याल तृतीय भएकी छिनभने छात्र तर्फ बागलुङ नगरपालिकाका सन्देश थापा प्रथम, बरेङ गाउँपालिकाका प्रवेश आचार्य द्धितिय र गलकोट नगरपालिकाका देवेन्द्र दर्जि तृतीय भएका छन् ।

यस्तै ४ सय मिटर दौडमा छात्र तर्फ गलकोट नगरपालिकाका देवेन्द्र दर्जि प्रथम, बागलुङ नगरपालिकाका एक्सन खड्का द्धितिय र काठेखोला गाउँपालिकाका विसाल कार्की तृतीय भएभने छात्रा तर्फ गलकोट नगरपालिकाकी गंगा सुनार प्रथम, बागलुङ नगरपालिकाकी विनिता विक द्धितिय र काठेखोला गाउँपालिकाकी सम्झना किसान तृतीय भएका छन् । ८ सय दौडको छात्र तर्फ काठेखोला गाउँपालिकाका बादल कार्की प्रथम, बागलुङ नगरपालिकाका नारायण कार्की द्धितिय र गलकोट नगरपालिकाका अस्विन नेपाली तृतीय भएका छन्भने छात्रा तर्फ गलकोट नगरपालिकाकी गंगा सुनार प्रथम, काठेखोला गाउँपालिकाकी कमला खत्री द्धितिय र बागलुङ नगरपालिकाकी प्रतिक्ष खड्का तृतीय भएकी छिन् ।

१५ सय मिटर दौडको छात्र तर्फ बागलुङ नगरपालिकाका रेशम जिसी प्रथम, गलकोट नगरपालिकाका गगन बहादुर श्रीस द्धितिय र काठेखोला गाउँपालिकाका सन्दिप कार्की तृतीय भएका छन्भने छात्रा तर्फ गलकोट नगरपालिकाकी पार्वती नेपाली प्रथम, काठेखोला गाउँपालिकाकी विपना कुँवर द्धितिय र बरेङ गाउँपालिकाकी पार्वती क्षेत्री तृतीय भएकी छिन् ।

बिहिबार छात्रा तर्फको सटफुट प्रतियोगिता समेत सम्पन्न भएको छ । छत्रा सटफुट तर्फ गलकोट नगरपालिकाकी खुमा बोहोरा प्रथम, बागलुङ नगरपालिकाकी आस्था सिउठानी द्धितिय र बरेङ गाउँपालिकाकी पार्वती क्षेत्री तृतीय भएकी छिन् ।

यस्तै हाईजम्प, लङजम्प र त्रिपलजम्पका खेलहरु बिहिबार नै सम्पन्न भएका छन् । हाईजम्पको छात्रा तर्फ गलकोट नगरपालिकाकी प्रविना परियार प्रथम, काठेखोला गाउँपालिकाकी आकृति कंडेल द्धितिय र बागलुङ नगरपालिकाकी पुजा खत्री तृतीय भइन्भने छात्र तर्फ गलकोट नगरपालिकाका विसाल परियार प्रथम, काठेखोला गाउँपालिकाका केशव ओली द्धितिय र बागलुङ नगरपालिकाका सुनिल नेपाली तृतीय भएका छन् । लङजम्प छात्र तर्फ गलकोट नगरपालिकाका शिखर दर्जि प्रथम, बागलुङ नगरपालिकाका सन्देश थापा द्धितिय र बरेङ गाउँपालिकाका जुनु परियार तृतीय भएका छन्भने छात्रा तर्फ काठेखोला गाउँपालिकाकी आकृति कंडेल प्रथम, बागलुङ नगरपालिकाकी समिक्षा खड्का द्धितिय र गलकोट नगरपालिकाकी सर्मिला परियार तृतीय भएकी छिन् । त्रिपलजम्प छात्र तर्फ बागलुङ नगरपालिकाका आरकृष्ण सुनार प्रथम, गलकोट नगरपालिकाका नर बहादुर दर्जि द्धितिय र काठेखोला गाउँपालिकाका अृमत थापा तृतीय भएभने छात्रा तर्फ गलकोट नगरपालिकाकी सर्मिला परियार प्रथम, बागलुङ नगरपालिकाकी रिभा ठकुरी द्धितिय र काठेखोला गाउँपालिकाकी कृतिका कंडेल तृतीय भएकी छिन् ।

बिहिबार प्रतियोगिताको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नेपालको पछाडी परेको क्षेत्र मध्य खेलकुद पनि रहेको बताउनुभयो । उहाँले राज्यले खेलाडीले पाउने सेवा सुविधा र खेलमैदान निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नगरप्रमुख श्रेष्ठले बागलुङ जिल्लाको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने प्रक्रिया अगाडी बढेको बताउनुभयो । उहाँले मैदानको निर्माण अझै आन्तरिक प्रक्रियामा अल्झिएकोले अगाडी बढाउन नसकिएको बताउनुभयो । नगरप्रमुख श्रेष्ठले मैदान रहेको जग्गा रामरेखा सामुदायिक वनको नाममा रहेकोले मैदानलाई नगरपालिका मातहत ल्याएर यसै महिना भित्र टेन्डर प्रक्रियामा लैजाने तयारी रहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष धन बहादुर परियार र बागलुङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जय बहादुर केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत उपाध्यक्ष लोकेन्द्र केसी र संचालन सचिव तारा शर्माले गर्नुभएको थियो ।

शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा बागलुङ नगरपालिका, गल्कोट नगरपालिका र बडिगाड गाँउपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाका विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले पोखरामा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड सहभागिता जनाउने छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here