बागलुङ, १५ असार । बागलुङमा मंगलबार राती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेतकी २८ बर्षिया सुष्मा पुनको मंगलबार राती परेको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादर रानाले जानकारी दिनभयो ।
आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ परी घाईते भएकी पुनको धवलागिरि अस्पताल बागलुङमा उपचारको क्रममा राती नै मृत्यु भएको प्रनाउ रानाले जानकारी दिनुभयो ।