चिल्ड्रेन लाईफलाई फुटसल प्रतियोगिताको उपाधि

बागलुङ, ११ असार । अन्तर विद्यालय स्तरिय शिक्षक फुटसल प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुल (सेतो)ले जितेको छ । शनिबार भएको फाइनल खेलमा चिल्ड्रेन लाईफले फ्युचर ब्राइटर बोर्डिङलाई ८–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

चिल्ड्रेन लाईफको लागि तार्जन कायत मगर र दिपक थापाले समान ३/३ र लोकेन्द्र पुन र सुशिल भण्डारीले समान १/१ गोल गरेका थिएभने फ्युचरको लागि आशिष परियारले ३ र लवसन थापा मगरले १ गोल गरेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच चिल्ड्रेन लाईफका तार्जन कायत घोषित भएका थिए ।

प्रतियोगिताको उपाधि जितेको चिल्ड्रेन लाईफले नगद ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता फ्युचरले ब्राईटरले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।

विधागत पुरस्कार तर्फ पनि विजेता चिल्ड्रेन लाईफका खेलाडीहरु घोषित भएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि चिल्ड्रेन लाईफ सेतोका कप्तान दिपक थापा मगर, सर्वोत्कृष्ट गोलरक्षक चिल्ड्रेन लाईफ सेतोका आशिष के.सी चुनिएका छन्भने अनुशाषित टिममा विद्मामन्दिर मा.वि घोषित भयो । प्रतियोगितामा१४ गोल गरेका फ्युचर ब्राईटरका आशिष परियार सर्वाधिक गोलकर्ता चुनिए ।

प्रतियोगिताका विजेताहरुलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पुरस्कार वितरण गर्नुभएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, एनप्याब्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्मा, नेपाल पत्रकार महांसघ गण्डकी प्रदेशका सदस्य ताराप्रसाद शर्मा (स्टार), शिक्षक दिपक सुवेदी, प्रतियोगिताका रेफ्रि नारायण नरेन खत्री, इश्वर श्रीस, रञ्जन खत्री लगायतले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो । चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलका प्रधानध्यापक नवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रमको संचालन शिक्षक सुरेश सुनारले गर्नुभएको थियो ।

चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको आयोजना र चिल्ड्रेन लाईफ स्पोर्टस क्लबको सहआयोजनामा संचालन भएको प्रतियोगितामा ११ वटा विद्यालयका १२ टिमको सहभागिता रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here