खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि कार्की र खत्रीको जोडीलाई

बागलुङ, ११ असार । खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि खेम कार्की र मिलन खत्री क्षेत्रीको जोडीले जितेको छ ।

संयुक्त चार युवा क्लब बागलुङ नगरपालिका–४ ले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा शनिबार कार्की र क्षेत्रीको जोडीले प्रवेश शर्मा र कृपेश शर्माको जोडीलाई लगातार २ सेटमा पराजित गर्दै उपाधि चुमेको हो । विजेता जोडीले नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन्भने उपविजेता शर्मा जाडीले १२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

विजेता र उपविजेता दुवैलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पुरस्कार वितरण गर्नुभएको थियो ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १७ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष अभिषेक कटवालले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here