खाेलाले बगाउँदा शिक्षिकाकाे ज्यान गयाे

नुवाकाेट, असार ३ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका ६ की राधिका आचार्यको आज शुक्रवार विद्यालयमा पढाउन जाँदै गर्दा लडेर ज्यान गएकाे छ ।

तादी गाउँपालिका ४ काे सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीया आचार्य चढ्नुभएको स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उहाँको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार तादी ४ पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढ्नुभएको बा ९७ प ६९२५ नम्बरकाे स्कुटर अनियन्त्रित भएर दुर्घटना भइ भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको ज्यान गएकाे हो । घटनास्थलभन्दा पाँच सय मिटर तलबाट उद्धार गरे पनि उहाँलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

आचार्य त्यस विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here