माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, पाँच पक्राउ

बागलुङ, असार १।  बागलुङ जिल्लाको बडिगाडमा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ। करेन्ट लगाएर माछा मार्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीय छबिलाल बलामीको मृत्यु भएको छ।

बुधबार बिहान ३ बजे बडिगाडखोलामा बिजुलीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा बलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेश शर्मा अधकारीले जानकारी दिए। प्रहरीले करेन्ट लगाएर माछा मार्न संलग्न भएका अन्य पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका-५ का ३५ वर्षीय होम बलाल, ५४ वर्षीय टेकबहादुर रास्ताकोटी, वडा नम्बर २ का ३२ वर्षीय रमेश पुन, वडा नम्बर २ कै २५ वर्षीय टीका पुन र गल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ का ५० वर्षीय मानबहादुर बुढाथोकीको पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरुसहित माछा मार्न प्रयोग भएका तारा र काठका सामग्रीहरु पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here