बिहुँ करलिममा एमालेको चुनावी सभा

बागलुङ, २३ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी काठेखोला गाउँपालिका कमिटिका सचिव दुर्गादत्त रिजालले नेकपा एमालेको सरकार आएपछि मात्रै उपल्लो बिहँुको करलिमले विकास देखेको बताउनुभएको छ ।

एमाले काठेखोलाले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत बिहीवार वडा नं. ५ करलिममा आयोजित चुनावी सभामा बोल्दै रिजालले यस्तो बताउनुभएको हो । बिहँुमा नेपाली कांग्रेसले लामो समय सत्ता सञ्चालन ग¥यो, यही ठाउँबाट २ पटक सांसद, २०७४ मा वडा अध्यक्ष कांग्रेसले पाउदा पनि करलिममा कांग्रेसले विकास गर्न सकेन, रिजालले भन्नुभयो–एमालेका तर्फबाट गाउँपालिकाको नेतृत्व लिएपछि लिफ्टिङ खानेपानी, बाटा घाटा, विद्यालय सुधार, काठेपोल विस्थापित लगायत महत्वपूर्ण काम भए ।

उहाँले कांग्रेसले विकास गर्न नसक्ने भएकाले आफुहरुले एमालेसंग चुनावी तालमेल गरेर वडामा उमेदवारी दिएको बताउनुभयो ।

काठेखोला गाउँपालिका वडा नं. ५ मा एमालेले वडा अध्यक्ष सहित ३ जना सदस्य र राप्रपाले एक जना सदस्यमा उमेदवारी दिएका छन् ।

कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्यहरु परमानन्द कंडेल, हुमा कुमारी जि.सी. (अञ्जु), राप्रपाका पालिका अध्यक्ष हिरालाल कंडेल, काठेखोलामा एमालेका अध्यक्षका उम्मेदवार डिल बहादुर कार्की, उपाध्यक्षका उम्मेदवार कोपिला पुन, वडा अध्यक्षका उम्मेदवार हिम बहादुर क्षेत्रीले उपल्लो बिहुँको आर्थिक विकास, पर्यटन प्रवद्र्धन लगायतका विषयमा प्रभावकारी योजना सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम एमाले वडा अध्यक्ष हिरालाल सापकोटाको अध्यक्षता र दिवस कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here