काठमाडौं, १९ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोस्ट गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
आइतबार नियमित पत्रका सम्मेलन गर्दै आयोगले झुटो सुचना तथा आचारसंहिता विपरितका सामाग्री सामाजिक सञ्जालमा प्रकाशन गरे कारबाही गर्ने चेतावनी दिएको हो ।
आयोगले आचारसंहिता विपरित सामाग्री सामाजिक सञ्जालमा पोस्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुन अनुसार कारबाही जनाएको छ ।