म्यादी प्रहरी आफ्नै कोठामा मृत फेला

हुम्ला, १६ बैशाख । हुम्लाको सर्केगाडमा एक जना म्यादी प्रहरी आफ्नै कोठामा मृत फेला परेका छन् ।

सर्केगाड गाउँपालिका-६ घर भई सिमकोटमा बस्दै आएका ४४ वर्षीय जसबहादुर रोकायाको शव आफ्नै कोठामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार रोकाया बुधबार मतदान केन्द्रमा खटिएका थिए । ड्युटी सकेर उनी कोठामा सुत्न गएका थिए ।

‘ढोका बन्द गरेर सुतेका रहेछन्। ढोका नखुलेपछि घरबेटीले हामीलाई खबर गरे’, उनले भने,‘रोकायाको शव भुइँमा मृतक अवस्थामा भेटिएको हो।’ रोकायाको मृत्युको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here