नेपालले मरिससलाई हरायो

काठमाडौं, १५ माघ । पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफ्रिकी देश मरिससलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा नेपालले मरिससलाई १–० गोलले हराएको हो ।

नेपालको जितमा खेलको ५४औँ मिनेटमा विमल घर्तीमगरले गोल गरे । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै विमलले गोल गर्न सफल भएका हुन् । मौरिससका डिफेन्डरबीच तालमेल मिल्न नसक्दा अन्जन विष्टले बल खोस्दै दिएको पासमा अफसाइड बिट ट्याप गर्दै विमलले गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन् । यससँगै विमलको गोलसंख्या ९ पुगेको छ ।

पहिलो हाफमा नेपालले दुई वटा निकै राम्रा मौका पाउँदा पनि गोल गर्न सकेन । मरिससको एउटा सशक्त प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले बचाए ।

दोस्रो मैत्रीपूर्ण खेल आउँदो मंगलवार हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here