पोखराको मेयरमा गनेस पौडेलले दिए स्वतन्त्र उम्मेदवारी

पोखरा, ११ वैशाख । अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले उम्मेद्वारी दिएको बताए ।

स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेद्वारी दर्ता गराएको पौडेलले बताए ।

उनले आफूले ६० हजार मत ल्याउन सक्ने दाबी गरे ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here