जिल्ला फुटबल संघ बागलुङको अध्यक्षमा राजभण्डारी चयन

बागलुङ, ३ बैशाख । । जिल्ला फुटबल संघ बागलुङको अध्यक्षमा जय राजभण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न भएको संघको छैटौं जिल्ला अधिवेशनले राजभण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

संघको अधिवेशनबाट उपाध्यक्षमा राजकुमार शर्मा, राहुल बोहोरा र विकास थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै महिला सदस्यमा रुविना थापा र खुल्ला सदस्यहरुमा लोक बहादुर खड्का, प्रेम बुढा मगर, अविनास के.सी., हरि बहादुर भण्डारी (रेमश), जिवन रोका, सुरेश किसान, सुवास बोसेल, प्रमल थापा, सज्जन खड्का र अविनास बोसेल सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन अधिकृत हरिकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

संघको निर्वाचन बिहिबारदेखि सुरु भएको थियो । अध्यक्षमा जय राजभण्डारी र सुरज खड्काले उम्मेदवारी दर्ता गराउनुभएको थियो । खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राजभण्डारी सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै नवनिर्वाचित समितिले शनिबार नै महासचिव, सहायक महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र मानर्थ उपाध्यक्ष चयन गरेको छ । महासचिवमा रेशम गोतामे, सहायक महासचिवमा सतिश केसी, कोषाध्यक्षमा सुर्य लामिछाने, सहकोषाध्यक्षमा कमल बोहोरा र मानार्थ उपाध्यक्षमा सुरज खड्कालाई चयन गरेको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।

संघको अधिवेशनको उद्घाटन समारोहमा कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का, अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य तथा निर्वाचन परिवेक्षक लालप्रसाद द्धारचन र बागलुङ नगरपालिका–२ का वडा सदस्य सुरज बोसेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संघका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत उपाध्यक्ष टक बहादुर बोहोरा र संचालन महासचिव जय राजभण्डारीले गर्नुभएको थियो । अधिवेशनमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुर्य लामिछानेले प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला फुटबल संघ बागलुङको अध्यक्षमा राजभण्डारी र खड्काको उम्मेदवारी

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here