
बागलुङ, १ बैशाख । जिल्ला फुटबल संघ बागलुङको अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । बिहिबारदेखि सुरु भएको छैठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको लागि जय राजभण्डारी र सुरज खड्काले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
तमानखोला युवा क्लबबाट प्रतिनिधित्व गर्नुहुने राजभण्डारी संघको महासचिव हुनुहुन्छ भने कालिका भगवती युवा क्लबका अध्यक्ष खड्का संघको सदस्य हुनुहुन्छ ।
यस्तै उपाध्यक्षमा राजकुमार शर्मा, राहुल बोहोरा र विकास थापाले निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपाध्यक्ष पदमा तीन जनाको मात्रै उम्मेदवारी परेको छ ।
यस्तै एक महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । महिला सदस्यमा पावर फिटनेस क्लबकी प्रतिनिधि रुविना थापाको मात्र उम्मेदवारी परेको निर्वाचन निर्वाचित अधिकृत हरिकृष्ण सुवेदीले जनकारी दिनुभयो ।
यस्तै १० सदस्यीय खुल्ला सदस्य पदमा १५ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा लोक बहादुर खड्का, अविनास बोसेल, प्रेम बुढा मगर, अविनास के.सी., हरि बहादुर भण्डारी (रमेश), जिवन रोका, तार्जन कायत मगर, दिपक थापा, सतिस के.सी., सुरेश किसान, कमल बोहोरा, सुवास बोसेल, प्रमल थापा, सज्जन खड्का र राजेश जिसीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
निर्वाचित अध्यक्षले महासचिव र कोषाध्यक्ष पछि नियुक्त गर्न पाउने छन् ।
जिल्ला फुटबल संघको साधारण सभा तथा निर्वाचनमा सहभागी हुनका लागि बागलुङका कुल ११ क्लबहरु योग्य छन् ।
उम्मेदवारी फिर्ता शुक्रबार विहान ११ बजेसम्म रहेको छभने उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार ११ः३० बजे रहेको छ । सर्वसम्मत हुन नसकेमा शनिबार दिउँसो १ बजेदेखि निर्वाचन हुने निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।