प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले दर्ता गरायो महाअभियोग प्रस्ताव

काठमाडौं, १ फागुन । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

सत्तारुढ नेपाली कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादीले आज प्रस्ताव दर्ता गराएका हुन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम संसदमा महाअभियोग दार्ता गरेको बताए ।

राणाविरुद्ध नेपाल बारले आजदेखि पुनः आन्दोलन सुरू गरेको थियो । प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता हुनेबित्तिकै पदबाट निलम्बित हुने प्रावधान छ । यद्यपि उक्त प्रस्तावलाई संसदमा दुईतिहाइले स्वीकृत वा अस्वीकृत गर्नुपर्छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here