गायिका बिन्दु सुनारको ‘मुलको पानी धारो तिरतिरे’ गीत सार्वजनिक

काठमाडौं, २७ माघ । लोक तथा दोहोरो गायिका बिन्दु सुनारको आवाजमा रहेको मुलको पानी धारो तिरतिरे बोलको गीत बजारमा आएको छ ।

बरिष्ठ संगीतकार बिबि अनुरागाीको शब्द, संगीत र संयोजनमा रहेको उक्त गीत बुधवार नेपाली संगीत बजारमा आएको हो ।

गायिकका सुनार र गायक गोविन्द अनेकको आवाज रहेको उक्त दिन बुधवार बिबि अनुरागी यूट्यूव च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त गीतको मिक्सिङ श्यामश्वेत रसाइली, छायांकनमा ताराकान्त बिक, डिबी लोहनी,अर्जुन लोहार रहेको छ भन सम्पादन गायक स्वम आफैले गरेका छन् ।

उक्त गीतमा उत्साह घिमिरे, अल्फा शाह, दिपेन थापा, दिपेश थापा लगाएतले अभिनय गरेका छन । छाँयाङकन भने प्रिज्म स्टुडियो मा गरिएको छ ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here