चुनाव केन्द्रीत हुने एमाले लेखानीको निर्णय

बागलुङ, २६ माघ । नेकपा (एमाले) काठेखोला गाउँपालिका–८ लेखानी वडा कमिटीले आसन्न स्थानीय तहको चुनाव केन्द्रीत हुने निर्णय गरेको छ ।

वडा अध्यक्ष डम्मर सिंह घर्तीको अध्यक्षतामा बुधबार बसेको वडा कमिटीको दोस्रो पूर्ण बैठकले पार्टी संगठनलाई मजबुत गराउँदै आसन्न स्थानीय तहको निर्वाचनमा लेखानीमा एमालेलाई पुनः पहिलो पार्टीको रुपमा स्थापित गर्ने निर्णय गरेको हो । बैठकले नेकपा एमाले बागलुङको नवौं अधिवेशनबाट निर्वाचित अध्यक्ष लगायत अन्य सदस्यहरुलाई स्वागत तथा सम्मान समेत गरेको थियो ।

बैठकमा नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष हिरा बहादुर केसीले वडाका सम्पूर्ण टोलहरुमा पार्टीका टोल कमिटीहरु गठन गर्न आग्रह गर्नुभयो । उहाँले टोल टोलमा कमिटी गठन गरि पार्टीलाई मजबुत गराएर स्थानीय तहको चुनावमा केन्द्रीत हुन वडा कमिटीलाई निर्देशन जारी गर्नुभएको छ ।

बैठकमा नेकपा एमाले बागलुङका जिल्ला कमिटी सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, जिल्ला कमिटी सदस्य तथा काठेखोला–८ लेखानीका वडा अध्यक्ष चित्रा श्रीस, नेकपा एमाले काठेखोला गाउँकमिटीका अध्यक्ष डिल बहादुर कार्की, एमालेका नेताहरु विश्व गौतम र भक्त बहादुर पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेकपा एमाले काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानी वडा कमिटीका अध्यक्ष डम्मरसिंह घर्तीको अध्यक्षतामा सम्पन्न भएको बैठकको स्वागत बेल बहादुर जिसी र संचालन देव बहादुर श्रीसले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here