दिपक केसीको “ए मैना” गित सार्वजनिक

राम प्रसाद घिमिरे
बागलुङ, २० माघ । बिदेशी भुमिमा रहेर नेपाली मौलिक गित संगीतको सिर्जनामा सक्रिय दिपक केसीको नयाँ गित ’ए मैना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । किशोर अवस्थाका युवाको भावनालाई रोचक शव्द चयन मार्फत संगीतमा उतारिएको उक्त गीत युट्युव मार्फत सार्वजनिक भएको हो ।

चर्चित गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको गीतको भिडियो झझल्को डिजिल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा चर्चित मोडल लोमस शर्मा र नम्रता सापकोटाको अभिनय रहेको छ ।

कुशल विश्वकर्माको लय सिर्जना गीतको भिडियो राम केसीको छायाँकन, अमृत चापागाँईको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन रहेको छ ।

नेपाली जीवशैलीलाई शब्दमा उतार्न सक्ने कुशल संगीतकार केसी हाल जन्मभुमि छोडेर बैदेशिक रोजगारीलाई संयुक्त राज्य अमेरिकामा छन् ।

बागलुङ नगरपालिका वडा नम्बर –३ खहरेमा जन्मिएका केसीले यस अघि ‘पिरतिको छाता’ र ’शिखर छुने छ’ भन्ने बोलका गीतहरु बजारमा ल्याइसकेका छन् ।
भिडियो

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here