महिला टोलीले राखेको शान (सम्पादकीय)

बङ्गलादेशको राजधानी ढाकाका हालैसम्पन्न एसियन सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिप महिला तर्फको उपाधी नेपाली महिला टोलीले जितेको छ । नेपाली महिला टोलीले खेल अवधिभर कुनै पनि हार बेहोर्नु परेन । सबै खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपालले उपाधी चुम्यो । नेपाली महिला भलिबल टिमको लागि यो दोस्रो अन्तर्राष्टिय उपधी हो । सन २०१९ को यही अन्तर्राष्ट्रिय उपलब्ध नेपाली टोलीले सुरक्षित गरेको थियो । उक्त प्रतियोगीतामा नेपाली पुरुष भलिबल समुह पनि सहभागी थियो । यद्यपी पुरुष भलिबल टोलीले उपाधी रक्षा गर्न सकेन । महिला टोलीले देशको शान उच्च राख्यो । गौरव बढायो ।

प्रतियोगीतामा आयोजक बङ्गलादेशसँगै माल्दिभ्स, श्रीलङका, उज्वेकिस्तान र किर्गिस्थानका महिला टोलीको सहभागिता थियो । उनीहरु कमजोर थिएनन । तर नेपालीले उच्चकोटीको प्रदर्शनी, खेल कौशल देखायो । सिमित स्रोत साधन, सुविधा र प्रशिक्षणबाट नेपाली महिला टोलीले प्राप्त गरेको अन्तर्राष्ट्रिय उपलब्धीले नेपालीको गौरव बढाएको छ नै । यो उपलब्धीले नेपाली महिला टोली अन्तर्राष्ट्रिय स्तरको खेल क्षमता राख्न सक्षम छ भन्ने सन्देश दिएको छ । सिमित स्रोत साधनको बीचमा पाएको उपलब्धीलाई आगमी दिनमा कायम राख्नु अर्काे चुनौती हो । महिलाहरुको लागि घर, परिवार र समाज छोडेर बाहिरी जिम्मेवारी सम्हाल्नु हाम्रो जस्तो सामाजिक परिवेश भएको समाजमा कम चुनौतीपूर्ण छैन । उनीहरु पारिवारीक घेरा भन्दा बाहिर निस्कने अवसर प्राप्त गरे गौरवपूर्ण काम गर्न सक्छन भन्ने सन्देश पनि दिएका छन् ।

सरकारले महिला टोलीको प्रोत्साहन गर्न पुरस्कार राशीको घोषण गरेको छ । यो सकरात्मक पक्ष हो । यो टोली र नयाँ खेलाडीको उत्पादनमा राज्य र नीजि क्षेत्रले विशेष ध्यान दिनु अनिवार्य छ । खेलकुदलाई फुर्सदको समय कटाउने माध्यम भन्दा पनि खेल व्यवसायिक बन्न सक्छ । खेलको माध्यमबाट परिवार पाल्न सकिन्छ । जीवन निर्वाह गर्न सकिन्छ भन्ने विश्वासको बातावरण बताउनेतर्फ राज्य र नीजि क्षेत्रका ठुला धरानाले ध्यान दिन सक्यो भने थप अन्तर्राष्ट्रिय उपाधी भित्रने छन् । खेलकुदमा समर्पण हुने खेलाडीको कमी हुने छैन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here