काँग्रेस अधिवेशनः बागलुङ क्षेत्र नम्बर २ को सभापतिमा बुढा निर्वाचित

बागलुङ, ८ मंसिर । नेपाली काँग्रेस प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा जोकलाल बुढा निर्वाचित भएका छन् ।

बुधबार साँझ सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार ४१९ मत प्राप्त गर्दै बुढा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नरजंग घर्ती मगरले ३२९ मत प्राप्त गरेका छन् । बुढा संस्थापन समुहका हुन् ।

यस्तै सचिवमा धर्मबहादुर घर्ती (३८०) र नारायणध्वज मल्ल (३८९) मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

सहसचिवमा दिपक कुँवर (४२२) र निरन चन्द (३२४) मतसहित निर्वाचित भएका छन् ।

यस्तै प्रत्यक्ष खुल्ला सदस्यमा ज्ञान बहादुर श्रीस, दिपेन्द्र कुँवर र राम बहादुर खड्का निर्वाचित भएका छन्भने समानुपातिक खस आर्य तर्फ अनिता कुमारी जैसी निर्वाचित भएकी छिन् ।

समानुपातिक आदीवासी जनजाती खुल्ला तर्फ भागिबहादुर घर्ती निर्वाचित भएका छन् । समानुपातिक दलित महिला तर्फ कमला विक निर्वाचित भएकी छिन् ।

दलित खुल्ला तर्फ ठगबहादुर विक, अल्पसंख्यक, अपाङ्ग खुल्ला तर्फ युवक प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नम्बर २ प्रदेश (क) तर्फ कर्ण बहादुर कार्की र विरेन्द्र श्रेष्ठ विजयी भएका छन्भने प्रदेश (ख) खुल्ला तर्फ जीवन कुँवर र थमप्रकाश छन्त्याल निर्वाचित भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here