
जनकपुरधाम, १ मंसिर । सरकारले घोषणा गरेको सार्वजनिक बिदाका विषयमा विभिन्न धर्म, समुदायले आपत्ति जनाइरहँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटनका लागि महोत्तरी जाँदा त्यहाँको एक नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ
महोत्तरीको रामगोपालपुर नगरपालिकाले स्वास्थ्य संस्था उद्घाटनमा अध्यक्ष प्रचण्ड आउने तय भएपछि सार्वजनिक बिदाको घोषणा गरेको हो । जारी सूचनामा नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि अध्यक्ष प्रचण्ड त्यहाँ आउने जानकारी दिइएको छ ।
सूचनाअनुसार उद्घाटन कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तय गरिएको छ ।