अनेरास्ववियु बागलुङद्वारा जिल्ला सम्मेलन आयोजना कमिटी गठन

बागलुङ, २८ कात्तिक । अनेरास्ववियु जिल्ला कमिटी बागलुङले जिल्ला सम्मेलन आयोजना गर्नको लागि संयोजक र सहसंयोजक चयन गरेको छ ।

आईतबार बसेको अनेरास्ववियु जिल्ला कमिटी बागलुङको सचिवालय बैठकले जिल्ला आयोजक कमिटी गठन गरेको हो ।

आयोजक कमिटीको संयोजकमा रोशन कुँवर र सहसंयोजकमा सुरेश रेग्मीलाई सर्वसम्मत चयन गरिएको अनेरास्ववियु जिल्ला कमिटी बागलुङका अध्यक्ष शेखर खड्का (झलक)ले जानकारी दिनुभयो । उहाँले ६१ सदस्यीय आयोजक कमिटी गठन गरिएको बताउनुभयो ।

अनेरास्ववियु बागलुङले दुई महिना भित्र जिल्ला सम्मेलन गर्ने तयारी गरेको अध्यक्ष खड्काले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here