विश्वकप छनोट खेलमा जर्मनी, नेदरल्यान्डस र क्रोएशिया विजयी

एजेन्सी । कतार विश्वकप छनोट खेलमा जर्मनी, नेदरल्यान्डस र क्रोएशियाले जित हात पारेका छन् । गएराति भएको युरोपको छनोट खेलमा समुह जे मा रहेको जर्मनीले रोमानिया माथि दुई एकको जित हात पार्यो । घरेलु टोली  जर्मनीले, रोमानियाको एक शून्य गोलको अग्रता उल्ट्याएको थियो ।

नवौं मिनेटमा यानिस हाजीले गोल गरेपछि जर्मनी पहिलो हाफमा एक शून्यले पछि परेको थियो । ५२ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । ८१ औं मिनेटमा  सब्सिच्युट थोमस मुल्लरले गोल गरेपछि जर्मनीे तीन अंक  प्राप्त गर्न सफल भयो ।

राष्ट्रिय टिमका लागि मुल्लरको प्रतिस्पर्धात्मक खेलमा सन् २०१७ यताको यो पहिलो गोल हो । यसअघि उनले २०१७, मार्चमा अजरबैजान विरुद्ध गोल गरेका थिए । त्यसपछि उनी दुइ वर्ष राष्ट्रिय टिममा परेनन्  । १९३७ यता, जर्मनीले घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा  पहिलो हाफमा एक शून्यले पछि परेको स्थितिबाट जित निकालेको यो केवल दोस्रो पटक हो ।  सो बेला जर्मनीले इस्टोनियालाई  ४–१ ले हराएको थियो ।

हान्जी फ्लिकले टिम सम्हालेयता जर्मनीको यो लगातार चौथो जित हो  । अब आगामी सोमबार नर्थ मेसिडानियालाइ पराजित गरे र रोमानिया अर्मेनियासँग हारे जर्मनी  २०२२ को कतार विश्वकपका लागि छनोट हुनेछ । सात खेलबाट १८ अंक जोडेको जर्मनी तालिकाको शीर्ष स्थानमा छ ।  समूह जी मा रहेको नेदरल्यान्डसले लात्भियालाई एक शून्यले हराउँदा  डाभी क्लासेनले, माम्फिस डिपायेको कर्नरमा गोल गरेका थिए । क्रोएसशयाले साइप्रसलाई तीन शून्यले पराजित गरेको छ । वेल्स भने चेक रिपब्लिकसँग २–२ गोलको बराबरीमा रोकियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here