बागलुङ, २३ असोज । नेकपा एकीकृत समाजवादी बागलुङ नगरपालिका नगर कमिटीको संयोजकमा जीवन आचार्य चयन हुनुभएको छ ।
बागलुङ नगर कमिटीको शनिबार सम्पन्न भएको भेलले आचार्यको संयोजकत्वमा १४ सदस्य नगर कमिटी गठन गरेको हो । कमिटीको सदस्यहरुमा चिरञ्जीवी शर्मा, प्रकाश बोसेल, सुनिश के.सी., प्रमेश थापा, सुमन बोहरा, सुमन के.सी., तुलसी थापा, दुर्गा थापा, महेन्द्र थापा, नविन थापा, राधा शर्म, मनिसा सापकोटा र निशा के.सी. रहनुभएको छ ।
पदाधिकारीहरु पछि चयन गरिने नेकपा एकीकृत समाजवादी बागलुङका प्रचार विभाग प्रमुख शालिकराम शर्माले बताउनुभयो ।
यस्तै भेलाले सुमन केसीको संयोजकत्वमा युवा संघ नगर कमिटी गठन गरेको छ ।
कमिटीको उपसंयोजकमा सौरभ केसी, सदस्यहरुमा प्रकाश शर्मा, राजु पन्त, अशिम सापकोटा, सुमन एमी, मनेज सुनार, सुजन लामा, निरज थापा, करन के.सी., राधा शर्मा, रोशन आचार्य, उमेश आचार्य, राजु खाती र हरी कार्की चयन हुनुभएको छ ।
यस्तै सुमन बोहराको अध्यक्षतामा २४ सदस्य युवा संघ क्षेत्रीय कमिट्री क्षेत्र नं. १ बागलुङ गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा केदार बोसेल, सचिवमा करन बोहरा, सहसचिवमा पवन वि.क., कोषाध्यक्षमा निशा केसी र रमन घमाल रहनुभएको छ ।
यस्तै सदस्यहरुमा सुमन लामा, दिपेन्द्र थापा, जीवन परियार, भुवन वि.क., अभिशेक वि.क., सौगात वि.क., माधव गौतम, शिव बोसेल, अमित सुनार, दिपेश सुनार, अनुज पौडेल, पवन वि.क., रोहित सुनार, साजन सुनार, सुनिल वि.सी., सन्दिप वि.क., जीवन परियार र मुस्कान आले मगर चयन हुनुभएको छ ।