नेपाली काँग्रेसको १४ औं महाधिवेशनः बागलुङका तीन पालिकामा सर्वसम्मत कार्यसमिति चयन

बागलुङ, ९ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन बागलुङमा शनिबारबाट सुरु भएको छ । शनिबार बागलुङका १० वटै पालिकामा महाधिवेशनको उद्घाटन सहित नयाँ कार्यसमिति चयन सुरु गरिएको छ ।

शनिबार साँझ ७ बजेसम्म बागलुङका १० पालिका मध्य तीन पालिकामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार भएको १४ औं महाधिवेशनमा बागलुङ जिल्लाको निसीखोला गाउँपालिका, ताराखोला गाउँपलिका र तमानखोला गाउँपालिकामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरिएको हो ।

महाधिवेशनबाट निसीखोला गाउँपालिकामा सुई बहादुर घर्ती सर्वसम्मत सभापति चयन हुनुभएको छ । यस्तै उपसभापतिमा लिल बहादुर कुँवर र धन बहादुर रोका, सचिवमा राजमन बुढा र धन बहादुर खत्री र सहसचिवमा मिलन कामी र केरबहादुर विक चयन हुनुभएको छ । अध्यक्षमा इन्द्रबहादुर मल्लले पनि आकांक्षा राख्नुभएको थियो । मल्ले अन्तिम समयमा घर्तीलाई निर्वारोध सभापति गराउन पछाडी हट्नुभएको हो ।

यस्तै नेपाली काँग्रेस ताराखोला गाउँपालिकाको सभापतिमा कमलापती पाठक चयन हुनुभएको छ । समितिको उपसभापतिमा आसिकला घर्ती मगर, श्यामभत्त कंडेल, सचिवमा खेमराज गैरे र नवराज सुवेदी, सहसचिवमा प्रेमलाल नाइसा र कमलापति सापकोटा चयन हुनुभएको छ ।

सभापतिमा हरि सुवेदी, चन्दकलि रोका, कमलापती पाठक, कलाधर सुबेदी, विष्णु भत कंडेलले आकांक्षा गर्दै आएका थिए । शनिबार बन्दसत्रमा अन्य ४ जनाले पाठकलाई समर्थन गरेपछि सभापतिमा चयन हुनुभएको हो ।

यस्तै तमानखोला गाउँपालिकामा लिला कुमार छन्त्याल सभापतिमा निर्वारोध निर्वाचित हुनुभएको छ । यस्तै उपसभापतिमा खिम बहादुर छन्त्याल र गार्खबहादुर घर्ती, सचिवमा तेजेन्द्र कुमार पुन र अनिस सिर्पाली र सहसचिवमा लिला छन्त्याल र प्रेम बहादुर पुन मगर निर्वारोध निर्वाचित हुनुभएको छ ।

तमानखोलामा सभापति पदमा खिम छन्त्याल र धर्म घर्ती मगरले पनि आकांक्षा व्यक्त गर्नुभएको थियो । दुवै जनाले छन्त्याललाई समर्थन गरेपछि सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here