विष्णु माझीको नयाँ गीत ‘दशैँ–तिहार आइसक्यो’ (भिडियाे)

बागलुङ । पछिल्लो समय ‘चरी जेलैमा’ बोलको गीतका कारण चर्चाको शिखरमा रहेकी गायिका विष्णु माझीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा महिमा आचार्यको कोरस भोकल रहेको छ ।

दशैँ–तिहारलाई लक्षित गरेर निर्माण गरिएको उनको ‘दशैँ तिहार आइसक्यो’ बोलको गीत बुधबार सार्वजनिक भएको हो ।

विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीतमा निर्माण भएको उक्त गीत सपना म्युजिक इन्ड्रट्रिज युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतको भिडियो निर्देशन अधिकारीले नै गरेका छन् । शम्भु चालिसेको छायांकन रहेको गीतको भिडियोमा प्रिया विष्टको अभिनय छ । अभिनयमा विष्टलाई सुन्दरमणि स्वयंले साथ दिएका छन् ।

भिडियाे

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here