राजनीतिक दललाई प्रजिअको आग्रहः ‘२५ जनाको सिमा ख्याल गर्नु’

बागलुङ, ६ असोज । बागलुङमा राजनीतिक गतिविधि चलायमान भएका छन् ।

कोरोना त्रासको कारण लामो समयदेखि बन्द गरिएको सामुहिक भेला, गोष्ठी, सभा, सम्मेलन जस्ता कार्यक्रम कोरोनाका सक्रिया संक्रमित घटेसँगै राजनीतिक गतिविधि सुरु भएका हुन ।

भर्खा वडा तहको अधिवेशन सम्पन्न गरेको सत्तारुढ दल नेपाली काग्रेस स्थानीय तह, प्रदेश तथा प्रतिधिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशनको लागि तयारीमा जुटेको छ । पार्टी विभाजन पछि नेकपा एमाले र नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले पनि वडा, स्थानीय तह तथा जिल्ला तहका राजनीतिक गतिविधिलाई तिव्र बनाएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी बागलुङले पार्टी विभाजन भए पछि पहिलो पटक विहिबार जिल्लास्तरीय वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेर पार्टीको औपचारिक गतिविधिको सुरुवात गरेको एमाले जिल्ला कमिटी अध्यक्ष इन्द्रलाल सापकोटाले बताउनुभयो ।

एमाले विभाजन पछि जिल्ला कमिटी सचिव लालबहादुर थापा नेकपा समाजवादी पार्टीमा लाग्नुभएको छ । नेपाली काग्रेसले पनि राजनीतिक क्रियाकलपलाई तिव्रता दिएको छ । नेकपा एमालले स्थानीय तह र वडा तहका कमिटीलाई चलायनमान गर्ने निर्णय गरेको छ ।

स्थानीय तह, क्षेत्रीय तह र जिल्ला तहमा नेतृत्व लिन चाहने नेताहरुले प्रतिनिधिलाई आफ्नो पक्षमा रिझाउन कसरत गरेका छन् । वडा तथा स्थानीय तहमा पुगेर कार्यकर्ता तथा प्रतिनिधि भेटघाट, भेला, बैठक तथा लविङ्ग सुरु भएको छ । पार्टीले तोकेकै मितिमा सबै तहका अधिवेशन सम्पन्न गर्नको लागि आफ्ना तयारीका कामलाई नियमित गरेको जिल्ला पार्टी सभापति दीपेन्द्र थापाको भनाई छ ।

नवगठित नेकपा एसले पनि आफ्ना गतिविधिलाई नियमित गरेको छ । नेकपा एसका अध्यक्ष लालबहादुर थापाका अनुसार बागलुङ बजारमा कार्यालय स्थापना गरी दैनिक गतिविधि सुरु भएको छ । जिल्ला भेलाको तयारी, जनवर्गीय संगठन निर्माण तथा तल्लो तहका कमिटी निर्माणको गतिविधिलाई ध्यानमा राखेर काम भैरहेको थापाले बताउनभयो ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भए पछि नेकपा माओवादी केन्द्रले पनि आफ्ना राजनीतिक गतिविधिलाई वडा तहसम्म पुर्याएको छ । वडा वडामा कमिटी गठन, रिक्त पदहरुमा पदपूर्ति, कार्यकर्ता प्रशिक्षण जस्ता कामलाई नियमित गरेको हो । आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सबै राजनीतिक दलले आआफ्ना गतिविधिलाई तल्लो एकाईसम्म केन्द्रीत गर्न थालेका छन् ।

राजनीतिक दलका कार्यक्रममा हुने ठुलो भेलाले स्वास्थ्य मापदण्ड र २५ जना भन्दा बढी भेला हुन नपाउने सुरक्षा समितिको निर्देशन उल्लघन भएको छ । धेरै शक्ति देखाउन गाउँ गाउँबाट सदरमुकाममा धेरै मान्छे देखाउने होड चलेको हुँदा त्यसतर्फ ध्यान दिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।

‘नियम भन्दा बाहिर गएर कसैले काम गर्न मिल्दैन’जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा उपस्थित राजनीतिक दलसँग उहाँले भन्नुभयो–‘तपाई हामीले निर्देशन मानेनौ भने अरुलाई के जवाफ दिने । नियम भन्दा बाहिर जान नसक्ने उहाँको भनाई छ । निषेधाज्ञा खुकुलो भए पछि संक्रमणको जोखिम काम रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । संयमता अप्नाउन नसके झनै जटिल अवस्था आउने उहाँको भनाई छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here