अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्यमा बागलुङका खड्का चयन

बागलुङ, ४ असोज । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीको सचिवालय सदस्यमा बागलुङका शेखर खड्का चयन हुनुभएको छ ।

केन्द्रीय सचिवालयको शनिबार सम्पन्न पूर्ण बैठकले बागलुङका खड्कालाई सचिवालय सदस्यमा मनोनित गरेको हो । खड्का अनेरास्ववियु बागलुङका अध्यक्ष समेत हुनुहुन्छ ।

अनेरास्ववियुको सचिवालय बैठकले अध्यक्षमा सुनिता बराललाई चुनेको छ । ऐन महरले विदा लिएपछि सचिवालय बैठकले बराललाई अध्यक्षमा चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यषमा मोती विक र यमराज पाण्डे र महासचिवमा समिक बडाल चयन भएका छन् ।

यस्तै अनेरास्ववियुको २३ औ. महाधिवेशन आगमी २४ देखि २६ गतेसम्म हुने भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here