
बागलुङ, ४ असोज । नेकपा एमाले जिल्ला कमिटी बागलुङमा पार्टी विभाजनकारी गतिविधिमा संलग्न भएको भन्दै ११ जनालाई कारवाही गरेको छ ।
पत्रकार सम्मेलन गरि पार्टी विभाजन प्रश्चात बसेको जिल्ला कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमाले बागलुङले पार्टी विभाजनकारी गतिविधिमा संलग्न भएको भन्दै जिल्ला सचिव सहित ११ जनालाई कारवाही गरेको हो । एमाले बागलुङले जिल्ला कमिटीका सचिव लालबहादुर थापा, सदस्यहरु गोविन्द गौतम, भुपाल चालिसे, शान्ति अधिकारी, भरत पुरी, इन्द्र थापा, श्याम थापा, हरि घर्ती, चक्र थापा तथा जनप्रतिनिधि जीवन आचार्य र सिता छन्त्याललाई पार्टीबट निस्कासन गरि पार्टीको अभिलेखबाट नाम हटाउने निर्णय गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताउनुभयो ।
यस्तै बैठकले पार्टी सचिवमा सहसचिव विष्णु भुसाललाई चयन गरेको छ । नेकपा एमाले बागलुङले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेता कार्यकतालाई आग्रह गरेको छ । बैठकले गरेका १७ बुँदे निर्णय सार्वजनिक गर्दै पार्टीले कुनैपनि हिसाबले बिगतमा यस्तो गतिविधीमा संलग्न भएको भएपनि त्यसबाट अलग भएर पार्टी एकताको पक्षमा उभिन बैठकले निर्णय गरेको सचिव बिष्णु भुषालले बताउनुभयो ।
बैठकले पालिका वा वडा कमिटीका बैठक, भेला तथा अभिमुखिकरण कार्यक्रम गर्ने, जिल्ला कमिटीमा ३ जनालाई मनोनित गर्दै सचिवालयमा मनोनित गर्ने निर्णय गरेको छ । निसीखोलामा रुद्र पौडेल संयोजक, सहसंयोजक लालविर लोप्चन, सचिव भूमिराज घर्ती, ढोरपाटन नगरपालिकामा संयोजक लक्ष्मण पुन, सह संयोजक केशर छन्त्याल, सचिवमा ज्ञानप्रसाद कंडेल, वडिगाड गाउँपालिकामा संयोजकमा गुणनिधि घिमिरे, सह संयोजकमा वसन्त थापा, सचिवमा दिनेश शर्मा, गलकोट नगरपालिकामा संयोजक डम्मर श्रीस, सहसंयोजक बुलबहादुर केसी, सचिवमा पदम कार्कीलाई जिम्मेबारी दिईएको छ । यस्तै ताराखोला गाउँपालिका संयोजकमा ऋषिराम रोका, संहसंयोजक धनप्रसाद बुढा, सचिवमा मन लामिछाने, काठेखोला गाउँपालिकामा डिलबहादुर कार्की संयोजक, युक्तप्रसाद कंडेल सहसंयोजक र विद्यापति शर्मा सचिव, जैमिनी नगरपालिकामा सावित्री राना संयोजक, बद्रि ढुंगाना सहसंयोजक, देवेन्द्र रेग्मी सचिव, बरेङ गाउँपालिकामा प्रदिप थापा संयोजक, प्रेम पौडेल सहसंयोजक, लिलाधर पौडेल सचिव, बागलुङ नगरपालिकामा धनबहादुर परियार संयोजक, मोहित छन्त्याल सहसंयोजक र सचिवमा लिलबहादुर पुनलाई जिम्मेबारी तोकिएको छ ।
बैठकले आगामी असोज ५ गतेदेखि १२ गतेसम्म गाउँ गाउँमा वडा कमिटी वैठक, भेला तथा अभिमूखिकरण गरिने सचिव भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार निसीखोलामा असोज ९ गते, ढोरपाटनमा ८ गते, तमानखोला ८ गते, बडिगाडमा असोज ९ गते, गलकोटमा असोज १२ गते, ताराखोला ९ गते, काठेखोलामा ५ गते, बागलुङ नगरपालिकामा असोज ९ गते, जैमिनीमा असोज ८ गते र बरेङ गाउँपालिकामा असोज ९ गते वैठक र कार्यक्रम हुनेछ ।
बैठकले आगामी असोज १५ देखि १७ सम्म ललितपुरमा हुने विधान महाधिवेशनका लागि ममतादेवी शर्मा, प्रदिप थापा, लक्ष्मण पुन, विनाकुमारी थापा र धनबहादुर परियारलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको अध्यक्ष इन्द्रलाल सापकोटाले बताउनुभयो ।
यस्तै एकता एकीकरण प्रक्रियाबाट समाहित हुने मध्येबाट मनोनित गर्नुपर्नेको नाम सिफारिस गर्न तुलसी अर्याल, कृष्णबहादुर केसी, बाबुलाल शाक्य, प्रदिप थापा, वसन्त थापालाई जिम्मेवारी दिर्ने निर्णय गरिएको छ । बैठकले प्रदेश कमिटीको परिपत्र अनुसार जिल्ला कमिटीको अधिकतम संख्या १९०–नेकपा कालको संख्या १४५, एकता एकीकरण प्रक्रियाबाट समाहित २० प्रतिशत मनोनित र अन्य १० प्रतिशत मनोनित गर्दा हुने र हाललाई मौजुदा जिल्ला कमिटीमा ८३ जना मनोनित गरिएको छ । बैठकले ४७ जनालाई जिल्ला कमिटी सचिवालयमा मनोनित गरेको छ ।
आगामी कात्तिक ६ गते जिल्लाका वडाहरुमा र ९ गते सबै पालिकाको अधिवेशन आयोजना गर्ने गरी आवश्यक तयारी गर्न पनि मातहतका कमिटीलाई निर्देशन गरिएको छ ।










