भारतमा कोरोना संक्रमणको कारण थप ३६८ जनाको मृत्यु

काठमाडौँ, २३ भदौ । भारतमा थप ३८ हजार १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३० लाख ९५ हजार ४५० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९७ हजार ४५५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३६८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ४४३ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here