नवीन शिशिर / खबर ‘वे’
बागलुङ, १४ साउन/ बागलुङको रेश वडा नम्बर ३ र ४ मा सचालित दुई खानेपानी आयोजनाको मुल ट्याङकी पहिरोले बगाउँदा डेस सय घरधुरी उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका छन ।
रेशको वडा नम्बर ४ मा संचालित आरिमपाटा खानेपानी आयोजना र रेश ३ र ४ को पिपलडाडा खानेपानी आयोजनाको साङखोला मुहानमा रहेको मुल ट्याङकी बुधबार रातीको पहिराले बगाए पछि एक सय ४० घरधुरीका उपभोक्ता खानेपानीको सुविधाबाट वञ्चित भएको स्थानीय यामबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
आरिमपाटा खानेपानी को एक सय मिटर फलामको पाईप समेत पहिरोले बगाएको छ । आरिमपाटा आयोजनाको करिव ४ लाख रुपैयाँ क्षति भएको कार्कीले बताउनुभयो । खानेपानी आयोजना पहिराले बगाए पछि स्थानीवासी साङखोलाको दुषितपानी पिउन बाध्य भएको हाम्रा सहकर्मी प्रजापति गौतमले जानकारी दिनुभएको छ ।
त्यस्तै पिपल डाँडा खानेपानी आयोजनामा पहिरोले करिब ३ लाख रुपैयाँ बराबरको क्षति पुगेको उपभोक्ता समितिका सचिव कमल गौतमले जानकारी दिनुभएको थियो । ट्याङकी पहिरोले बगाए पछि स्थानीवासी खेतको पानी पिउन बाध्य भएका छन ।