वडा सभापतिमा गणेश नेपाली सर्वसम्मत

बागलुङ, २१ भदौ
नेपाली काँग्रेस काठेखोला गाउँपालिका वडा नम्बर–१ पालाको वडा सभापतिमा गणेश नेपाली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सोमबार सम्पन्न वडा अधिवेशनले नेपालीको नेतृत्वमा १७ सदस्यीय वडा समिति गठन गरेको हो । समितिको उपसभापतिमा दिलबहादुर जिसी, क्षत्रबहादुर खडका, सचिवमा लक्ष्मण कुँवर, मंगली थापा, सहसचिवमा धनश्याम रोका,अमर थापा, कोषाध्यक्षमा धनबहादुर थापा रहनुभएको छ ।

समितिको सदस्यमा थमबहादुर थापा, स्यानी किसान, विष्णु खडका, खडक थापा, डिलबहादुर रोका, नविन थापा, भद्रकुमारी खत्री रुपादेवी खत्री रहनुभएको छ । एक सदस्य पछि थप गर्ने सभापति नेपालीले बताउनुभयो ।

अधिवेशनले क्षत्रीय प्रतिनिधिमा हरिप्रसाद सेरचन, खडक थापा, मिनबहादुर थापा, रनबहादुर थापा, पूर्ण मल्ल, लालकुमारी सेरचन, अम्बिका थापा, रिता नेपाली, तारादेवी शर्मा, दानबहादुर खडका, जुद्द खत्री, लक्ष्मी खडका, प्रेम थापा, कुमारी थापा, नरे दमाई र गणेश नेपाली छनोट हुनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here