एमाले विभाजन प्रभावः बागलुङ नगरपालिकाका वडाअध्यक्षहरु को कता ?

बागलुङ, १९ भदौ । सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले विभाजनको असर वडा तहसम्म देखिन थालेको छ । स्थानीय तहमा एमालेबाट निर्वाचित वडाअध्यक्षहरु समेत विभाजित हुन थालेका छन् ।

बागलुङ नगरपालिकाका १४ वडा मध्य १० वटा वडामा नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष रहेका छन् । एमाले विभाजित भएपछि जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्न पत्रचार गरेपछि कसले आफ्नो पक्षमा वडाअध्यक्षहरु र जनप्रतिनिधि तान्ने होड चलेको छ ।

प्रतिनिधिसभा विघटन हुँदा पार्टी संस्थापन लाइनविरुद्ध रहेका वडाअध्यक्षहरु पार्टी विभाजनको विपक्षीमा छन् । नगरपालिकाका १० वडाअध्यक्ष मध्य ८ जना संस्थापन लाइनमा लाग्ने बताएका छन्भने १ जना नेकपा (एकीकृत समाजवादी) र १ जना अहिलेसम्म तटस्थ रहेको बताएका छन् ।

प्रतिनिधिसभा विघटन हुँदा संस्थापन लाइनको विरुद्धमा रहेका बागलुङ नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिवप्रसाद सापकोटा र वडा नम्बर ९ का वडाअध्यक्ष गणेश थापा पार्टी विभाजनको विरुद्धमा उभिएका छन् । तत्कालिन एमालेका नेता माधव नेपाल पक्षमा रहेका सापकोटा र थापा पार्टी विभाजनको विपक्षमा उभिएका हुन् ।

‘म संस्थापन पक्षमा छु । विचारको हिसावमा तत्कालिन प्रधानमन्त्री केपि ओलीले संविधान विपरित गरेको संसद विघटनाई विरोध गरियो,’ वडाअध्यक्ष सापकोटाले खबरवेडटकम अनलाईनसँग भन्नुभयो–‘पार्टीको आन्तरिक कुरामा यति समय लगाएर बनाएको बैचारिक विचार भएको पार्टी एमाले छाडेर नयाँ पार्टी बनाउनु राम्रो होइन ।’ वडाअध्यक्ष सापकोटाले पार्टी विभाजन हुनुको मुख्य कारण पार्टीको नेतृत्व जिम्मेबार रहेको बताउनुभयो । उहाँले अध्यक्ष भएकोले सबैलाई समेटेर पार्टी फुटनबाट जोगाउने जिम्मा अध्यक्ष केपि ओलीलाई थियो तर उहाँले पाटी फुट्नबाट जोगाउन सक्नुभएन उहाँले जिम्मा लिनुपर्छ ।

वडाअध्यक्ष सापकोटाले पाटी फुटाउनु सरासर गल्ती भएकोले बताउनुभयो । ‘उहाँहरु केहि अवसरको लागि पाटी फुटाउनु तत्कालमा उहाँहरुलाई राम्रो होला,’ वडाअध्यक्ष सापकोटाले भन्नुभयो– ‘कुनै व्यक्ति कता लाग्यो भनेर पार्टी छोड्ने होइन, विचारको हिसावले पाटी रोज्ने हो । एमाले वैचारिक नेतृत्व भएको कम्युनिष्ट विचारको पहिलो पार्टी हो ।’ वडाअध्यक्ष सापकोटाले आफ्नो वडाका सवै जनप्रतिनिधि संस्थापनमै रहेको बताउनुभयो ।

बानपा–९ तित्याङका वडाअध्यक्ष गणेश थापाले पार्टी विभाजनले सवै अलमल भएको बतउाँदै राजनीतिक हिसावले आफु संस्थापन तिर नै रहेको बताउनुभयो ।

प्रतिनिधिसभा विघटनको बेला संस्थापन विरुद्ध लाग्नुभएका वडा नम्बर २ का वडाअध्यक्ष आचार्य नेकपा (एकीकृत समाजवादी)को जनप्रतिनिधि समन्वय उपसमितको संयोजक बन्नुभएको छ । आचार्यले जनताले पाँच वर्ष सरकार चलाउन भनेर मतदिएपछि समाज परिवर्तनमा मुलुकलाई अगाडी बढाउनुपर्नेमा तत्कालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपि ओली त्योबाट च्युत भएर संसद विघटन गर्नु जनताको मत विपरित भएकोले आफु नयाँ पार्टीमा लागेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेट फेल नहुँदा पनि जनताको मत विपरित पाटी अध्यक्षले संसद विघन गर्नु क्षम्य नभएको बताउनुभयो ।

उहाँले अहिले दुई वटा समुह भएको बताउँदै आफुहरु ठूलो संख्यामा रहेको बताउनुभयो । ‘हामी ठूलो संख्यामा छौं, वडाअध्यक्ष आचार्यले भन्नुभयो–‘२२ गतेसम्म निर्वाचन कार्यालयमा सनाखत गर्ने समय छ । साथीहरुसँग सल्लाह गर्दैछौं । २२ गतेसम्म निर्वाचन कार्यालयमा सनाखत गछौं ।’

बागलुङ नगरपालिका वडा नम्बर १ का रामरेखाका वडाअध्यक्ष दुर्गे सार्की, वडा नम्बर ४ उपल्लाचौरका वडाअध्यक्ष ध्रुव केसी, वडा नम्बर ५ मालिकाका वडाअध्यक्ष शिवप्रसाद सापकोटा, वडा नम्बर ६ लहरेपिपलका वडाअध्यक्ष खिमराज सापकोटा, वडा नम्बर ७ का वडाअध्यक्ष खगराज पाण्डे, वडा नम्बर ८ सिगानाका वडाअध्यक्ष जित बहादुर क्षेत्री (राजन), वडा नम्बर ९ तित्याङका वडाअध्यक्ष गणेश थापा र वडा नम्बर १२ अमलाचौरका वडाअध्यक्ष गुरुदत्त पाठक एमालेमै रहेको बताउनुभयो ।

यस्तै बागलुङ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जीवन शर्मा नेकपा (एकीकृत समाजवादी)मा देखिएका देखिनुभएको छभने वडा नम्बर १० भकुण्डेका वडाअध्यक्ष प्रेम थापाले आफु अहिले तटस्थ रहेको र २२ गतेसम्म निर्णय गर्ने बताउनुभएको छ ।

वडाअध्यक्ष थापाले पार्टी विभाजन हुनुमा पाटी अध्यक्ष ओली र नवगठित नेकपा एसका अध्यक्ष माधव नेपाल दुवै दोषि रहेको बताउनुभयो । ‘पार्टी विभाजन नभएको भए हुने थियो,’ वडाअध्यक्ष थापाले भन्नुभयो–‘पार्टी विभाजन हुनुमा दुवै पक्ष भागिदार छन् । अहिले कुनै पक्षमा पनि खुलेर लागेको छैन् । साथीहरुसँग सल्लाह गरेर केहि दिनमा एक तिर खुल्नेछु ।’ वडाअध्यक्ष थापाले दुवै पक्षले भेलामा बोलाएको भएपनि आफु कुनै पनि भेलामा नगएको बताउनुभयो ।

एमालेबाट निर्वाचित भएका बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल पार्टी विभाजनको विपक्षमा लाग्नुभएको छ । संसद विघटन हुँदा पनि संस्थापन तिरनै रहनुभएका नगररप्रमुख पौडेल पार्टी विभाजन हुँदापनि संस्थापनमै रहेको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here