
बागलुङ, १७ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र नारायणस्थानका नेता तथा नेकपा तत्कालिन ईन्चार्ज सुरेन्द्र थापा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।
विहिबार बागलुङ नगरपालिका–१४ नारायणस्थानमा एक कार्यक्रमका विच थापाले माओबादी परित्याग गरी काँग्रेसको सदस्यता लिएका थिए ।
उनीसँगै धुव्र साहनी पनि काँग्रेसमा प्रवेश गरेका छन् । थापा र साहनीलाई नेपाली काँग्रेसका पुर्व सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल काँग्रेसका क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, महाविधेशन प्रतिनिधि डिल्लीराम सुवेदी सागर सुवेदी लगायतका नेताहरुले स्वागत गरेका थिए ।
नवप्रवेशी थापाले देशमा लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी नै काँग्रेस भएको हुँदा आफु अब यसैमा सक्रिय राजनिति गर्ने बताए ।
थापालाई स्वागत गर्दै पुर्व सभापति प्रकाश शर्मा पौडेलले मुलुकको हरेक निकासका निम्ती काँग्रेस पार्टी बलियो भएका कारण यसका सवै गोलबद्ध हुनुपर्ने बताए । उनले नेपालमा कम्युनिष्ट पार्टी फुट्दै अस्तित्व सकिने अवस्थामा रहेका कारण काँग्रेसमा एक भएर जनताको सेवामा लाग्नुपर्ने बताए ।










