ग्राहक बनेर प्रहरीले पक्रियो भालुको पित्त सहित एक व्यक्ति

अर्जुन कार्की
बागलुङ, ११ भदौ । भदौ ८ गते जिल्ला प्रहरी कार्यालय बागलुङलाई एक सुचना प्राप्त भयो । ढोरपाटन नगरपालिका वडा नम्बर ४ मा एक व्यक्तिसँग भालुको पित्त छ । उनले बेचको लागि ग्राहक खोजी रहेका छन् ।

जंगली वन्यजन्तुको अंग कुनै व्यक्तिले बेचविखनको लागि राखेको सूचना प्राप्त हुनासाथ प्रहरीले ८ गते नै अनुसन्धान सुरु गर्यो । प्रहरीले भदौ ९ गते विहानै पित्त सहित पक्राउ गर्नको लागि एउटा टिम खडा गर्यो ।

प्रहरीको पहिलो योजना थियो उक्त घरमा जाने र भालुको पित्त भए नभएको पत्ता लगाउने । सोहि योजना अनुसार प्रहरीले निर्माण गरेको टिम ९ गते विहानै उक्त घरमा पुगेर आफुहरुलाई यहाँ भालुको पित्त रहेको र उक्त पित्त किन्नको लागि पहिले भालुकै पित्त होकी होइन भनेर हेर्न आएको बताएको थियो ।

प्रहरीको टोलीले ४० वर्षीय चित्रबहादुर शेरपुर्जासँग भालुको पित्त रहेको प्रमाणित गरेपछि दोस्रो पटक भदौ ९ गते बुधवार साँझ उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विजय भण्डारीले अवैधानिक रुपमा बन्यजन्तुको अंग विचविखन गर्नेहरुले ग्राहक होकी होइन भनेर धेरै खोजीनीति गर्ने भएकाले आफुहरुले धेरै साबधानी अपनाउनु परेको बताउनुभयो । उहाँले यस्ता बस्तुहरु विक्री गर्नेहरुले घरमा आउनेहरु कस्ता हुन र उनीहरु ग्राहक होकी होइन भनेर धेरै खोजीनिति गर्ने गर्छन त्यसैले हामीले दोस्रो पटकमा मात्र उनलाई पक्राउ गरेका हौं ।

‘अनुसन्धानका धेरै प्रकृयाहरु हुन्छन त्यसै अनुसार नै हामीले दोस्रो पटकमा मात्र उनलाई पक्राउ गरेका हौं,’ प्रहरी निरिक्षक भण्डारीले भन्नुभयो–‘पहिलो पटक हामीले भालुको पित्त रहेको र बेच्नको लागि राखेको भन्ने सुनेको भन्दै हेर्ना आएको बताएको र भालुको पित्त नै रहेको प्रमाणित भएपछि दोस्रो पटकमा हामीले किन्ने भन्दै उनलाई उक्त पित्त सहित पक्राउ गरेको हौं ।’

 

प्रहरीले बिहिबार शेरपुर्जालाई भालुको करिव १८ ग्रामको पित्त सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याएको छ ।

प्रहरी निरिक्षक भण्डारीले बन्यजन्तुको अवैधानिक कारोबार भएकोले उक्त घटना डिभिजन वन कार्यालयले हेर्ने बताउनुभयो । ‘हामीलाई सूचना प्राप्त भएकाले पक्राउ गरेका हौं,’ प्रहरी निरिक्षक भण्डारीले भन्नुभयो–‘बन्यजन्तुको अंग सम्बन्धीको मुद्धा आफ्नो कार्य क्षेत्रसँग भन्दा पनि वनसँग भएकोले उनलाई डिभिजन वान कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।’

प्रहरीले अन्य अनुसन्धान र कानुनी प्रकृया डिभिजन वन कार्यालयले अगाडी बढाउने बतायो ।

प्रहरीले भालुको पित्त देखाएर सबै अंग बेच्ने गिरोह हुन सक्ने अनुमान गरेको छ । ‘खास गरि भालुको पित्तको मात्र केहि काम हुँदैन’ प्रहरी निरिक्षक भण्डारीले भन्नुभयो–‘पित्त देखाएर भालुको सबै अंग बेच्ने तरखरमा गिरोह नै रहेको हुन सक्छ । यस बारेमा अनुसन्धानपछि पत्ता लाग्ला ।’ उहाँले भालुको पित्त औषधिको रुपमा प्रयोग हुने र अन्य अंगहरु सोखको लागि घरमा राख्ने गरिने बताउनुभयो ।

प्रहरीले भालुको पित्त बेच्ने ठाउँ सोरुम मात्र रहेको हुन सक्ने बतायो । प्रहरी निरिक्षक भण्डारीका अनुसार भालुको पित्त देखाएर अन्य अंग बेच्ने योजना हुने भएकाले ढोरपाटनमा भालुको पित्त देखाउने र अन्य अंगहरु अन्य कुनै ठाउँमा राखिएको हुन सक्ने बताउनुभयो । ‘हामीले शेरपुर्जाको घरबाट भालुको पित्त मात्र प्राप्त गयौं,’ प्रहरी निरिक्षक भण्डारीले भन्नुभयो–‘त्यहाँ भालुको पित्त देखाएर प्रमाणित गरेपछि उनीहरुले भालु मारेको र अन्य अंग पनि रहेको पुष्टि भएपछि किन्नेहरुले मुल्य गरेपछि मात्र अंग त्यहाँ ल्याएर बेच्ने योजना गराएको हुन सक्छ ।’ भालुको अंगहरु पनि उनीहरुले अन्य ठाउँमा गोदाम गराएर राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

भालुको पित्तो खास गरि भारत र चिनमा बिक्रि हुने गरेको प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो । भारत र चीनमा औषधी र कवज बनाउनको लागि भालुको पित्त र छाला, हत्केला लगायतका अन्य अङ्ग बिक्रि हुने गरेको छ ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here