बागलुङमा १५१ जनाको कोरोना परिक्षण गर्दा ६२ जनालाई संक्रमण पुष्टि

बागलुङ, ९ भदौं । पछिल्लो २४ घण्टामा बागलुङमा थप ६२ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार बुधबार थप ६२ जनालाई संक्रमण पुष्टि भएको हो । पछ्रिल्लो २४ घण्टामा १ सय ५१ जनाको कोरोना परिक्षण गर्दा ६२ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परिक्षणमा ५७ जना र एन्टीजेन परिक्षणमा ५ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँले १ सय २९ जनाको पिसिआर परीक्षण र २२ जनाको एन्टीजेन परिक्षण गरेको बताउनुभयो ।

बुधबार कोरोना भाइरस निको हुनेको संख्या ८१ रहेको छ । बागलुङमा सक्रिय संक्रमित ३ सय ७० जना रहेका छन् ।

संक्रमितहरु मध्य ३ सय ५७ जना होम आइसोलेसनमा रहेका छन्भने ४ जना धौलागिरी अस्पतालको आइसोलेसन, ३ जना बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र (अस्थायी कोभिड अस्पताल), ४ जना बरेङ कोभिड अस्पताल र २ जना गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र (अस्थायी कोभिड अस्पताल)मा उपचाररत छन् ।

यस्तै सक्रिय संक्रमितहरु सवैभन्दा धेरै बागलुङ नगरपालिकाका रहेका छन् । बागलुङ नगरपालिकाका १ सय ४१ जना, गल्कोट नगरपालिकाका ७१ जना, काठेखोला गाउँँपालिकामा ४६ जना, जैमिनी नगरपालिकामा ४५ जना, ताराखोला गाउँपालिकामा १६ जना, बरेङ गाउँपालिकामा १४ जना, ढोरपाटन नगरपालिकामा ११ जना, निसीखोला गाउँपालिकामा ४ जना, बडिगाड गाउँपालिकामा २ जना र अन्य १० जना रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो । उहाँले तमानखोला गाउँपालिकामा मात्र सक्रिय संक्रमित नरहेको बताउनुभयो ।

बागलुङमा कोरोना निको हुनुको सर ९४ प्रतिशत रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

फोकलपर्सन घिमिरेले बागलुङमा हालसम्म ७ हजार ४ सय २१ जनालाई कोरोना संक्रमण हुँदा ६ सय ९ सय ८६ जना निको भइसकेको बताउनुभयो । घिमिरेले बागलुङमा हालसम्म २२ हजार २ सय ८७ जनाको पिसिआर र ३ हजार ४५५ जनाको एन्टीजेन गरी २५ हजार ७ सय ४२ जनाको कोरोना परिक्षण गरिएको बताउनुभयो । बागलुङमा कोरोना संक्रमणको कारण ६५ जनाको मृत्यु भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here