भारतविरुद्ध हुने मैत्रीपूर्ण फुटबलको लागि राष्ट्रिय टिमको घोषणा, बागलुङका थापा समेटिए

बागलुङ, ८ भदौ । भारतसँग हुने मैत्रीपूर्ण खेलको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतसँग हुने २ मैत्रीपूर्ण खेलका लागि २५ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले गरेको घोषित टोलीमा युवा स्ट्राइकर अभिषेक रिजालले स्थान बनाउन सकेनन् । यस्तै अन्तिम २८ बाट गोलरक्षक अर्पण कार्की र शिशिर लेखी पनि बाहिर रहे । अर्पण र शिशिरले हालसम्म राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् ।

मंगलबार घोषणा गरिएको २५ सदस्य टिममा बागलुङका कमल थापाले पनि स्थान बनाएका छन् ।

कमल थापा

यस्तै डिफेण्डर राजन गुरुङ र मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यता, अभिषेक रिजाल भने प्रशिक्षक योहान कालिनले मलेसियाविरुद्ध डेब्यू गराएपछि पहिलो पटक राष्ट्रिय टोली बाहिर रहेका हुन् ।

यसपटक सुजल श्रेष्ठ टोलीमा आगमन गरेका छन् । यसअघि उनि चोटका कारण टोली बाहिर रहेका थिए । नेपालले भदौ १७ र २० गते भारतीय राष्ट्रिय टोलीसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

२५ सदस्यीय टोली
किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), विकेश कुथु (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी र तेज तामाङ

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here