बागलुङमा कोरोना संक्रमणले थप एक पुरुषको मृत्यु

फाइल तस्विर

बागलुङ, ८ भदौ । कोरोना भाइरस संक्रमणको कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर १२ का ७२ बर्षिय पुरुषको सोमबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो

भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएका उनको धौलागिरी अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

उनले साउन २६ गते कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका थिए ।

उनलाई जटिल प्रकारको कोभिड निमोनिया, सुगर, प्रेसरको समस्या रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

यससँगै बागलुङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here