
बागलुङ । बागलुङमा थप ८७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र धौलागिरी अस्पतालको फिबर क्लिनिकबाट संकलन गरिएको पिसिआर परिक्षणमा बुधबार थप ८७ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
उहाँले धौलागिरी अस्पतालबाट ८ जना, जैमिनी नगरपालकिाका ४४ जना, कोखोला गाउँपालिकाका २५ जना र बागलुङ नगरपालिकाका १० जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । घिमिरेले धौलागिरी अस्पतालमा गरिएको २ सय ४ पिसिआर परिक्षणमा ८७ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।










