बागलुङमा थप २१ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमित ५ सय बढी

बागलुङ, १ भदौ । बागलुङमा मंगलबार थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार मंगलबार २१ जनालाई संक्रमण पुष्टि भएको र ४१ जना निको भइ डिस्चार्ज गरिएको जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बागलुङमा ५ सय ४० जना सक्रिय संक्रमित रहेको बताउनुभयो । उहाँले सक्रिय संक्रमितहरु मध्य ३ जना धौलागिरी अस्पताल, २ जना ताराखोला कोभिड अस्पताल, ३ जना बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र (अस्थायी कोभिड अस्पताल), ४ जना बरेङ कोभिड अस्पताल र ५ जना गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र (अस्थायी कोभिड अस्पताल)मा गरि १७ जना अस्पतालको आइसोलेसनमा रहेको जानकारी दिनुभयो । सक्रिय संक्रमितहरु मध्य ५ सय २३ जना होम आइसोलेसनमा रहेका छन् ।

संक्रमितहरु मध्य सवैभन्दा धेरै बागलुङ नगरपालिकामा २ सय ४५ जना सक्रिय संक्रमितहरु रहेका छन् । यस्तै गल्कोट नगरपालिकामा १ सय १२ जना, बरेङ गाउँपालिकाका ४३ जना, काठेखोला गाउँपालिकाका ३१ जना, जैमिनी नगरपालिकाका २७ जना, ढोरपाटन नगरपालिकाका २३ जना, बडिगाड गाउँपालिकाका १९ जना, ताराखोला गाउँपालिकाका १७ जना, निसीखोला गाउँपालिकाका ९ जना, तमानखोला गाउँपालिकाका ४ र अन्य जिल्लाका १० जना सक्रिय संक्रमितहरु जिल्लामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बागलुङमा २०७८ बैशाख १ गतेदेखि हालसम्म ६ हजार ३३ जनालाई संक्रमण पुष्टि हुँदा ५ हजार ५ सय २० जना विरामी निको भइ डिस्चार्ज भएको फोकलपर्सन घिमिरेले बताउनुभयो । उहाँले बागलुङमा कोरोना संक्रमणबाट हालसम्म ६४ जनाको मृत्यु भएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here