सामूहिक बलात्कार मुद्दामा एक वर्षदेखि फरार अभियुक्त पक्राउ

जनकपुरधाम, ३१ साउन । बलात्कार मुद्दामा विगत एक वर्षदेखि फरार रहेका एक अभियुक्तलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

२०७७ साल असोज २६ गते राति घरबाट पानी लिन बाहिर निस्केकी युवतीलाई तीन जना युवाहरुले मुख छोपेर आँपको बगैचामा लगेर पालैपालो जबरजस्तीकरणी गरेको घटनामा अभियुक्त रहेका शम्भु रविदासलाई प्रहरीले विशेष सूचनाको अधारमा शनिवार जनकपुरधाम उपमहनगरपालिका १६ कपिलेश्वरबाट पक्राउ गरेको हो ।

कपिलेश्वर प्रहरी चौकीबाट खटेको प्रहरीको टोलीले रविदासलाई स्थानीय रेल्वे लिकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त दासलाई आइतवार नै जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here