उत्तराखण्डका पवनदीप बने इण्डियन आइडल सिजन १२ को विजेता

मुम्बई (एजेन्सी), ३२ साउन । उत्तराखण्डका पवनदीप राजन इण्डियन आइडल सिजन १२ को विजेता बनेका छन् । गायनमा अलराउण्डर पवनदीपले अन्य ५ प्रतिस्पर्धीलाई उछिन्दै इण्डियन आइडलको टाइटल जितेका हुन् ।

पवनदीपले सन् २०१५ मा टिभी शो द वाइस पनि जितेका थिए । पवनदीपले एकातिर इण्डियन आइडलमा आफ्नो गायनले सबैलाई प्रभावित पारे भने अर्कोतिर पश्चिम बंगालबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी अरुणिता कांजीवालसँगको अफेयरलाई लिएर चर्चामा रहे ।

सिजनको १२ को विजेता पवनदीपले ट्रफीसहित, २५ लाख पुरस्कार र मारुती सुजुकीको ब्राण्ड न्यु कार प्राप्त गरे ।

सारेगामापा बांगला रियालिटी शोकी विजेता पश्चिम बंगालकी अरुणिता फस्ट रनरअप बनिन् । मुम्बईकी सायली कांबले सेकेण्ड रनरअप बनिन् ।

उत्तर प्रदेशको मुजफ्फरनरगका मोहम्मद दानिश चौथो स्थानमा, कर्नाटककी निहाल तौरो पाँचौ स्थानमा र विशाखापट्टनमकी शनमुखा प्रियाले छैठौं स्थान हासिल गरिन् ।

ग्राण्ड फिनाले समारोहमा शोका जज सोनू कक्कड, अनु मलिक र हिमेश रेशमिया सहित आमन्त्रित अतिथि उदितनारायण, अल्का याङ्निक, कुमार सानू लगायतले आफ्नो प्रस्तुति दिएका थिए । (न्यूज कारखाना)

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here