असोजसम्म गण्डकी प्रदेशका ८० प्रतिशत नागरिकलाई खोप लगाउँछौंः मन्त्री अधिकारी

बागलुङ, २६ साउन । गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले असोजसम्म ८० प्रतिशतलाई खोप लगाउने बताउनुभएको छ ।

प्रदेश संगठन नेपाल बागलुङ शाखाले मंगलबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले गण्डकी सरकारले असोजसम्म १८ वर्ष माथिका ८० प्रतिशत नागरिकलाई खोप लगाउने बताउनुभएको हो । मन्त्री अधिकारीले संघिय सरकारले खोप उपलब्ध गराउने र गण्डकी प्रदेशले खोपको व्यवस्थापन गर्ने र सहजिकरण गर्ने काम गर्ने बताउनुभयो ।

 

उहाँले खोपमा लापरबाहि भएको र पहुँचवालाहरुले लगाएको भन्ने गुनासो आएको बताउँदै त्यसको नियमन भइरहेको र सवै सरोकारवालाहरुले पनि नियमन गर्नुपर्ने बताउनुभयो । उहाँले लापरबाहि गर्नेहरुलाई के कारवाहि हुन्छ भन्न सक्ने अवस्था नरहेकोले खोपको मर्यादित, व्यवस्थित र सहजिकरण गर्ने कुरामा जनप्रतिनिधि, सरकार पक्ष, पत्रकार र सरोकारवाला सवैले गर्नुपर्छ ।

कोरोना महामारी नियन्त्रणको लागि सवै अस्पतालमा आइसोलेसन सेन्टर बनाउने, भेन्टिलेटरहरुको अवस्था के छ बुझ्ने र तेस्रो लहर आउने भनेकोले त्यसको तयारीमा गण्डकी प्रदेश सरकार लागिपरेको मन्त्री अधिकारीले बताउनुभयो ।

मन्त्री अधिकारीले देशमा तेस्रो भेरियन्ट सुरु हुने र बलबच्चाहरुमा केन्द्रित हुने विशेषज्ञहरुले बताएकोले गण्डकी प्रदेश सरकार पूर्व तयारीको रुपमा लागिपरेको बताइन । ‘तेस्रो भेरियन्ट सुरु हुँदा बालबच्चाहरुमा केन्द्रित भएर आउँछ भनिएकोले हामीले पूर्व तयारीको रुपमा लागिपरेका छौं ।’ मन्त्री अधिकारीले भन्नुभयो–‘गण्डकी प्रदेश मातहतका सवै अस्पतालहरुमा बच्चाहरुको लागि कम्तीमा चार वटा एनआइसियु बेड हुनुपर्छ भनेर काम गरिरहेका छौं ।’ यस्तै सवै अस्पतालमा ५० शैयाको आइसोलेसन रहेकोले त्यसको व्यवस्थापनको लागि लागिपरेको मन्त्री अधिकारीले बताउनुभयो ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेहरुको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरिएको मन्त्री अधिकारीले बताउनुभयो । ‘हामीले कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेका छौं,’ मन्त्री अधिकारीले भन्नुभयो–‘कोभिडबाट मृत्यु भएका परिवारका आश्रित बालबच्चाहरुलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय पनि गरेका छौं । उक्त रकम उनीहरुको शिक्षा, स्वास्थ्य लगायतमा खर्च गरिनेछ ।’

मन्त्री अधिकारले स्वास्थ्य क्षेत्रमा विकृति र विसंगति रहेको भन्दै त्यसलाई अन्त्य गर्न लागि परेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षत्रेमा आम नागरिकले सेवा पाउनुपर्छ पहुँचवाला र हुने खानेहरुको मात्र हुनुहुँदैन भनेर आफुहरुले अनुगमन गर्ने र नियन्त्रण गर्ने काम अगाडी बढाएको छौं । यस्तै सहिद, बेपत्ता, घाईते, अपाङ्गहरुलाई सरकार रहेको अनुभुति गराउनको लागि उनहिरुको निःशुल्क उपचार गराउने गण्डकी प्रदेशले निर्णय गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा मन्त्री अधिकारीले केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा उत्साह, विकास र समृद्धिको निम्ति बाटो अगाडी बढ्दै गर्दा नागरिकहरुमा निराशा प्रदा भएको अवस्था सिर्जना भयो भएको र अहिले विचार मिल्ने भन्दा पनि एजेन्डा मिल्नेहरुको गठबन्धनको सरकार बनेको बताउनुभयो । ‘अहिले विभिन्न विचार समुहमा रहेका पार्टीहरुको गठबन्धनको सरकार बनेको भएकाले चुनौती पूणर्् रहेको छ’ मन्त्री अधिकारीले भन्नुभयो–‘हामीले यसलाई चुनौतीको रुपमा नलिइ अवसरको रुपमा लिएर आफुहरुले उठाएका मुद्धाहरुको बारेमा काम गर्न लागिपरेका छौं ।’

प्रेश संगठन नेपाल बागलुङ शाखाका सचिव अनिश खातीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको स्वागत पूर्वअध्यक्ष राम बहादुर थापा ‘अविरल’ र संचालन सल्लाहकार सज्जन कुमार सिंहले गर्नुभएको थियो ।
भिडियो

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here