बागलुङ, २२ साउन । कलाकार एवं सञ्चारकर्मी रामजी मायालु क्षत्री र गायिका तारा थापामगरको लोकदोहोरी गीत ‘रुमाल फाटेको’ सार्वजनिक भएको छ ।
‘बागलुङ अनलाइन टिभी’ युट्युब च्यानलबाट बिहीबार सार्वजनिक उक्त गीतमा गायक सागर सुनार र तारा थापाको स्वर छ । गीत रचना र भिडियो निर्देशन भने क्षत्रीले गरेका छन् । प्रतिमा कँडेलको लयमा तयार भएको गीतको म्यूजिक भिडियोमा कलाकार रमेश सुनाम र सुस्मा केसीले अभिनय गरेका छन् ।
सुपा देउराली म्यूजिक प्रालिले गीतलाई डिजिटल बजारमा ल्याएको कलाकार क्षत्रीले बताए । गीतमा माया, प्रेमको मुद्दामा केटा र केटी पक्षको सम्वाद छ । गीतको म्यूजिक भिडियाले २४ घण्टा निबित्दै पाँच सयबढी भ्यूज बटुलेको छ ।
भिडियो हेर्नुहोस्ः









