मित्रता दिवस र मित्रताको अवस्था

टिका बहादुर कार्की

भावनाको बैशाखीमा अडेको मित्र :
सानोमा गुच्चा, डन्डीबियो, कबड्डी, लुकामारी एवं घर बनाउने लगायतका खेल देखि बृद्धवस्थामा सहयोगी आफन्त तथा स्वास्थ्यकर्मीको साथ पाउनु जीवनका अबिस्मरणिय अबसर हुन जो सुबिधा सबैले नपाउन पनि सक्छन् । किशोरावस्था र बयस्क उमेरमा मिल्दा उमेरका सहकर्मी, समकक्षी तथा सहयोगीसंगको व्यवहार, यात्रा तथा कार्यबाट मित्रताको अनुभव गर्न सकिन्छ । मित्रकै सम्झनामा लोकप्रिय गायक नारायण गोपालको एउटा गीत :
“एउटा मान्छेको मायाले मात्र कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पार्छ जिउनुमा ।”
नेपथ्यंमा (अमुक गायकबाट बि.सं. २०४० साल तिर सुनेको) एउटा गीत:
“बुझ्नेले कुरा नबुझे पछी, मनमा कुरा नलिए पछी,
मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो ।
निष्ठुरीले आँखा तर्दा ……….।”

हाम्रो पौराणिक धर्म ग्रन्थ महाभारतको कथामा मित्र :

बाल्यकालमा गुरुकुलका बिद्यार्थी रहदा राजकुमार द्रूपदले मित्र दोर्णसंग आफु पांचाल देशको राजा भएपछी सिंहासनको सुखभोग बाँड्ने र आधा राज्य पनि दिने प्रतिग्राजा भएपछी सिंहासनको सुखभोग बांड्ने र आधा राज्य पनि दिने र राजा भएपछी सिंहासनको सुखभोग बाँड्ने प्रतिज्ञा गरेका रहेछन् । समय बित्दै जाँदा द्रूपद पांचालका राजा भए, उनलाई ऐस्वर्यको मात लाग्यो, घमण्डले उन्मत्त हुँदै गए । दोर्णलाई गरिवीले आफ्नो परिवार पाल्न मुस्किल भएको बेला बाल्यकालमा अत्यन्तै मिल्ने, संगै खेल्ने, खाने, बस्ने साथी पांचालका राजा भएको थाहा पाएपछी द्रपदलाई भेट्ने ईच्छा भयो । उनी द्रुपदलाई भेट्न पुगे, पहिले गरेका प्रतिज्ञा र सिंहासनमा आफ्नो बिराजमान हुने अवस्थाको कुरा सुनाए । त्यसपछी द्रुपदले सामान्य शिष्टाचार समेत नभएको, गुरुकुलमा भनेका कुरा वाईयात हुन्, धन, पद ईज्यत सबै बराबर भएकासंग मात्र मित्रता हुन सक्छ । तिमी एउटा दरिद्र बाहुन म यस सिंहासनमा बिराजमान राजा, यो अबस्थामा हाम्रो मित्रता कसरी सम्भव छ ? भनेर दोर्णको अपमान गरेका थिए । पछि दोर्णले परसुरामसंग धनुर्बिद्या प्राप्त गरे । भिष्म पितामहको आग्रहमा हस्तीबापुरका राजकुमारहरुलाई धनुर्बिद्या लगायतका प्रशिक्षण दिने अवसर पाएपछी दोर्णको गरिबी पनि हट्यो भने हस्तिनापुरका सैनीको सहयोगमा पांचाल देशमाथि बिजय प्राप्त गरेर आधा राज्य आफुले लिई आधा द्रूपदलाई नै दिए ।

ईतिहांसमा मित्र :

बेलायत उपनिवेशकालिन भारतको समय सन् १९३९ जुलाई २३ मा महात्मा गान्धीले जर्मन तानासाह हिटलरलाई “मित्र” सम्बोधन गरी दोस्रो बिश्वयुद्ध रोक्न र सन् १९४९ दिसेम्बर २४ मा युद्ध त्याग गरी शान्ति र अहिंसाको मार्गमा आउन पत्र लेखेका थिए ।

लडाईंमा बिजय हुँदा साम्राज्य बिस्तार अनि पराजय हुने अवस्थामा मित्रता र नातावादको साईनो लगाउने गरेका कुरा हामी ईतिहासमा पढ्दै आएका छौं ।

सन् १८१६ मा संयुक्त अधिराज्य बेलायत देखि हाल २९ जुन २०२१ मा सेरालयोनसंग समेत गरी नेपालको १७१ देशहरुसंग दौत्य सम्बन्ध कायम भैसकेको छ । एक स्वतन्त्र राष्ट्रको हैसियतमा पद अनुसार अरु देशका समकक्षीसंग भ्रमण, सम्झौता, सहमति, सहयोग र सहकार्य लगायतका माध्यमबाट मित्रताका उदाहरणहरु हामी देख्न पाउछौं । तर बिकसित, शक्ति राष्ट्र, बिकास शिल र गरिब राष्ट्रका समकक्षी बिच एकापसको प्रभाव भने फरक अवस्थामा उजागर हुने गरेको छ ।

मित र सैना – हाम्रो परम्परा :

अनुहार तथा केही समानता भएका पुरुष जाती नेपालीका बिच मित लगायर मितेरी साईनोलाई प्रगाड बनाई राख्ने, संस्कार तथा अन्य कार्यहरुमा मितको उपस्थितीमा गौरब गर्ने चलन जस्तै नारी जाती महिलामा देखिने समानताका आधारमा सैना लगाएर सम्बन्ध भेटघाटलाई निरन्तरता दिंदै निकटतम मित्रको पहिचान बनाउने गरिएको छ ।

आधुनिक समयको मित्रता: खोलो तर्यो लौरो बिर्सियो ।

धन दौलत र पद प्रतिष्ठाको समानता वा समकक्षी बिच मित्रवत संबन्ध राख्ने चाहाना व्यक्ति, समाज राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म एउटा प्रतिष्ठाको बिषय बनिरहेकै छ । तर, अधिकांश व्यक्तिमा धनदौलत, पद प्रतिष्ठाको समकक्षता बिपरित भावनात्मक परिवेशमा कुनै व्यक्ति, जनावर वा वस्तुसंग मित्रता तथा प्रेम सम्बन्ध कायम राख्दै आत्मसन्तुष्टी लिने गरेका समाचार सुन्नमा आईरहन्छन् ।

व्यक्तिगत रुपमा भन्नु पर्दा आफ्नो मित्रले बुझ्ने तथा महशुस गर्ने गरी निस्वार्थ रुपले मित्रवत व्यवहार गरौं । आफु अनुकुल परिस्थिति बने पछी मित्रलाई धोका नदिऊँ । जसको सहाराले आफु जुन ठाउँबाट कुन ठाउँमा पुगियो नबिर्सौं । जो संग बोल्दा, सहयोग वा व्यबहार गर्दा केही फाईदा हुन्छ कि हुँदैन ? कसरी फसाउने भन्ने लेखा जोखाबाट गरिएका कुटिल मित्रवत व्यवहारका कारण अव कोही महलबाट सडकमा जानु नपरोस, सडक र झुपडीबाट उद्दार गरेर आत्मनिर्भर बनाई दिने शिक्षा र रोजगारी दिऔं– अब माझि दाईलाई माछा किनेर खान दिने होईन कि जाल किनेर दिउं, माछा मार्न सिकाऔं, कुनै दिन त्यही माझि दाईले माछा मारेर ल्याई दिनेछ, तपाई हाम्रो मित्रवत व्यवहारको बदला (गुन) उसले बिर्सने छैन । पदिय प्रतिष्ठा तथा जिम्मेवारीका हैसियतमा आफ्ना नागरिक तथा देशको हितार्थ समकक्षी राष्ट्र तथा नेतृत्वसँग सगौरब सहयोग, सम्झौता र सम्झौता कार्यान्वयन गर्नु राजनीतिक नेतृत्वको जिम्मेवारी हो ।

बिज्ञान प्रविधिको बिकास, बिस्तार र प्रयोगबाट मित्रताको संसार भावनात्मक जस्तै एउटा मोवाईलको स्क्रीनमा अटाएको छ । संसारको जुन कुनामा भएपनि हामी तत्काल मित्रसँग फेस टु फेस वार्ता गर्दै भावना तथा परामर्श व्यक्त गर्न, आवश्यक कागजात पठाउन र मोवाईल बैंकिङ्ग सुबिधाबाट आवश्यक रकम ट्रान्सफर गर्न सक्ने अवस्थामा छौं । समयको बेगसंगै अन्तर्राष्ट्रिय मित्रता दिवस सफलताको शुभकामना छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here