यी हुन् सबैभन्दा बढी बलात्कार हुने दुनियाका ७ देश

महिलामाथि हुने यौनजन्य हिंसा तथा बलात्कारका घटना गरिब तथा अशिक्षित समाजमा बढी हुन्छ अर्थात् जनताको शैक्षिक स्तर कम भएका देशमा मात्र बलात्कार बढी हुन्छ भन्ने सोँचाइ हुन्छ कतिपयको । तर यस्तो होइन ।
अमेरिकादेखि लिएर अस्ट्रेलिया जस्ता धनी तथा विकशित देशहरुका महिला पनि यौन हिंसाबाट मुक्त छैनन् । दुनियामा महिलामाथि सबैभन्दा धेरै बलात्कार हुने ७ देश यी हुन्ः
१. दक्षिण अफ्रिकाः विश्वमा महिलामाथि सबैभन्दा धेरै बलात्कार दक्षिण अफ्रिकामा हुने गरेको छ । त्यहाँ वर्षमा ५ लाख जना महिलामाथि बलात्कार हुन्छ । तर हरेक ९ मा केवल एउटा मात्रै बलात्कारको घटना सार्वजनिक भई अभिलेखमा दर्ता हुन्छ ।
दक्षिण अफ्रिकाको मेडिकल रिचर्स काउन्सिलका अनुसार त्यहाँका ४० प्रतिशत महिला आफ्नो पूरै जिवन बलात्कारको सिकार बनेर गुजार्छन् । महिला मात्र होइन दक्षिण अफ्रिकाका ४ प्रतिशत पुरुष पनि बलात्कारको सिकार हुने गरेका छन् । ५० प््रतिशत बालबालिका १८ वर्षको उमेरभन्दा पहिले नै बलात्कृृत हुने गरेका छन् ।
२. स्विडेनः बलात्कारको दृष्टिले स्विडेन दोश्रो स्थानमा पर्दछ । हरेक ४ मा १ जना स्विडिस महिलामाथि बलात्कार हुने गरेको छ । सन् २०१५ मा स्विडेनमा बलात्कारका ६६२० उजुरी दर्ता भए । हरेक तिन जनामा एक जना स्विडिस महिला किशोरी अवस्था अघि नै बलात्कृत हुने गरेका छन् । बलात्कारमा मुस्लिम शरणार्थीहरु संलग्न हुने गरेको पाइएको छ ।
३. अमेरिकाः जर्ज मेसन विश्वविद्यालयको रिपोर्ट अनुसार हरेक तिन जनामा एक जना अमेरिकी महिला यौन हिंसाको सिकार हुने गरेका छन् । १९.३ प्रतिशत महिला तथा २ प्रतिशत पुरुष आफ्नो जिवनकालमा कम्तिमा एक पटक बलात्कृत हुन्छन् । त्यस्तै ४३.९ प्रशित महिला तथा २३.४ प्रतिशत पुरुषले अन्य यौनिक हिंसाको सिकार हुनुपर्दछ । अमेरिकामा हरेक १०७ सेकेण्डमा एकजना व्यक्ति यौनहिंसामा पर्दछ । बलात्कारका अपराधीमध्ये ९८ प्रतिशत कहिल्यैपनि जेल जाँदैनन् ।
४. बेलायतः बेलायतमा अनौठो कानून छ जस अनुसार बलात्कारको दोषी केवल पुरुष मात्रै हुनसक्छ । बलात्कारको अभियोगमा महिलामाथि कुनै सजाय हुँदैन । बेलायतमा हरेक वर्ष ७३ हजार महिला तथा १२ हार पुरुष बलात्कृत हुन्छन् । हरेक दिन बेलायतमा २३० जना मानिस बलात्कारको सिकार बन्दछन् । हरेक ५ मा एक बेलायती महिला १८ वर्षको उमेर अघि नै यौनहिंसाको सिकार बनेका हुन्छन् ।
५. भारतः भारतमा बलात्कार तथा यौनहिंसा ठूलो समस्याको रुपमा रहेको छ । १८ देखि ३० वर्ष उमेरका महिला बलात्कारबाट बढि पीडित हुने गरेका छन् । हरेक ३ मा एक जना पीडित १८ वर्ष मुनिका तथा हरेक १० मा एक पीडित १४ वर्ष मुनिका बालिकाहरु हुने गरेका छन् । भारतमा हरेक २० मिनेटमा एक जना महिला बलात्कृत हुने गरेका छन् । भारतको राजधानीमै सबैभन्दा धेरै बलात्कारका घटना हुने गर्छन् र त्यहाँ हरेक दिन ९३ जना महिलामाथि बलात्कार हुन्छ ।
६. न्यूजिल्याण्डः ब्रिटिस मेडिकल जर्नल दी ल्यासेन्टका अनुसार न्यूजिल्याण्डमा यौनहिंसाको दर विश्वको औषत दरभन्दा निकै बढि छ । त्यहाँ हरेक २ घण्टामा एक महिलामाथि यौनहिंसा हुन्छ । न्युजिल्याण्डमा हरेक ३ मा एक जना महिला तथा हरेक ६ मा १ जना पुरुष यौनहिंसाका सिकार बनेका हुन्छन् । बलात्कारका घटना मध्ये ९१ प्रतिशत त सार्वजनिक नै हुँदैनन्।
७. क्यानडाः क्यानडामा रहेक वर्ष यौनहिंसाका ५ लाख घटना सार्वजनिक हुन्छन् । आफ्नो जिवनकालभरमा हरेक ४ जनामा एक जना महिला बलात्कारको सिकार हुन्छन् । बलात्कारपीडित महिलामध्ये १७ प्रतिशत १६ वर्षमुनिका हुने गरेका छन् ।

एजेन्सीको सहयोगमा
२०७३ कार्तिक २२ गते प्रकाशित