बागलुङमा नेपाल पूर्व प्रहरी संगठनको स्थापना दिवस मनाइयो

सुजन रेग्मी
बागलुङ, २ भदौ । बागलुङमा नेपाल पूर्व प्रहरी संगठनको ३६ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।

नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्यसमिति बागलुङले आईतबार र सोमबार दुई दिवसीय कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा आइतबार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको थियोभने सोमबार साँझ संगठनको कार्यालय अगाडि दीप प्रज्वलन गरिएको हो ।

 

दीप प्रज्वलन कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठन बागलुङका कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै पूर्व प्रहरीहरूको संगठनात्मक एकता, आपसी सहकार्य र सामाजिक उत्तरदायित्व महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले पुर्व प्रहरीहरुसँग सहकार्य गरेर काम गर्न आवश्यक रहको बताउँदै जिल्लमा हुने घटना तथा विपद्का काम पनि पनि सहकार्य र समाज सुधारका कार्यमा साझेदारी गर्न सकिने बताउनुभयो ।

दिप प्रज्वलन कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष तेजेन्द्र आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नूभएको थियो ।

नेपाल पूर्व प्रहरी संगठन बागलुङका अध्यक्ष टीका बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । स्थापना दिवसका अवसरमा दीप प्रज्वलन गर्दै संगठनको उद्देश्य, एकता र पूर्व प्रहरीबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।