सरकारबाट बाहिरिनु परेकोमा चिन्ता छैन, लोकतन्त्रमाथि न्यायालयले गरेको प्रहारले चिन्तित छुः ओली

तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट बाहिरिनुपरेकोमा चिन्तित नरहेको बताएका छन् ।

सरकारबाट बाहिरिँदै गर्दा देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले जनतालाई केन्द्रविन्दु्मा राखेर काम गरेको बताएका छन् ।

आफ्नो नेतृत्वको सरकराले जनताप्रति उत्तरदायी भएर काम गरेको उनले दावी गरेका छन् । उनले आफ्नो कार्यकालमा देशमा अभूतपूर्ण तरिकाले विकासले गति लिएको बताए । सरकारमा रहुन्जेलसम्म आफूले गरेको कामकै कारण सन्तुष्ट रहेको उनले बताए  ।

ओलीले सर्वोच्चको परमादेशका कारण देउवाले सरकारमा पुगेको भएपनि जनताको जनादेश आफूसँगै रहेको बताएका छन् ।

उनले दलीय लोकतन्त्रमाथि न्यायालयले गरेको प्रहारले आफू चिन्तित रहेको बताएका छन् । ‘सरकारबाट बाहिरिनु परेकामा मलाई कुनै चिन्ता छैन, दलीय प्रणाली र लोकतन्त्रमाथि जस्तो खेलाची हुँदै छ त्यसमा चिन्ता छ’ उनले भने ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here